हिरासतमा राखिएका एक युवकको उपचारको क्रममा मृत्यु, घटनाको छानविन गर्न माग

साउन २२, बाह्रबिसे (सिन्धुपाल्चोक) । चोरीको अभियोगमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा हिरासतमा राखिएका एक युवको मृत्यु भएको छ ।
३ दिन अघि प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका बाह्रबिसे नगरपालिका–७ थगामका बसेला बसेला तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको प्रहरीको हिरासतमा रहँदा यातनाको कारणले ज्यान गएको भनेर सामाजिक सञ्जालमा समेत व्यापकता पाएको छ । तर प्रहरीले भने अत्याधिक मादक पदार्थ सेवन गर्ने ति युवक आफैंले आफैंलाई शारिरिक चोटपटक लगाएको कारण उपचारको कारण मृत्यु भएको बताएको छ ।
सहकारी चोरीको अभियोगमा पक्राउ परेका ति युवक मादक पदार्थ बढी खाने तथा पटक–पटक विरामी भईराख्ने कारणले समस्या भएपछि उपचार्थ क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्ष कुमार बस्नेतले सिन्धुज्वालालाई जानकारी दिए । ‘उनको स्वास्थ्य चौकीका उपचार गर्दा हिजो बेलुका अलि गाह्रो भएपछि धुलिखेल अस्पतालमा उपचारर्थ १ बजे मृत्यु भएको हो’, प्रहरी नायव उपरिक्षक बस्नेतले भने । उनका अनुसार चोरीमा आरोपित तामाङलाई पक्रिएर हिरासतमा राखिएसंगै हिरासत भित्रै टाउको ठोक्काउने र शरिरमा चोट लगाउने लगाएत गतिविधि गरेका थिए । आरोपित तामाङलाई पटक पटक स्वास्थ्य चौकीका लैजाने गरिएको उनले सुनाए । धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको तामाङको शव अस्पतलमै रहेको उनले जानकारी दिए । घटनाको सन्दर्भमा मृतकका आफ्न्तले छानविन हुन पर्ने माग गरेपछि उनीहरुसंग डिएसपी आफैं कुराकानी गर्न बाह्रबिसे पुगेका थिए । अहिले मृतकका आफन्तसंग छलफल भईरहेको उनले सुनाए । आफन्तसंग कुराकानी भएपछि पोष्र्टमार्टम गरेपछि शव बुझाईने उनले बताए ।
प्रहरीले कुटेर तामाङको मृत्यु भएको भनेर बाहिर हल्ला चलिएपनि कुनै सत्यता नभएको डिएसपी बस्नेतले सुनाए । ‘प्रहरीले थुनुवालाई कुट्नुपर्ने कुनै कारण छैन, प्रहरीले कुटेको भन्ने कुरामा कुनै सत्यता छैन्’, डिएसपी बस्नेतले भने ।
मृतकका आफन्तले भने प्रहरीको गल्तिकै कारण तामाङको ज्यान गएको आरोप लगाएका छन् । मृतक तामाङलाई चोरी अभियोगमा ३ दिन अगाडि ईलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्राउ गरेर प्रहरी हिरासतमा लिएको थियो ।