पुर्ननिर्माण गर्न पूर्व मन्त्री लगाएतले गराए ध्यानकर्षण, विद्युत, सडक र बेलीब्रिज राख्न माग

साउन २०, काठमाडौं । बाढीबाट पटक–पटक भौतिक क्षति व्योहोर्दै आएको हेलम्बु क्षेत्रको पुर्ननिर्माणको सन्दर्भमा सरकार तथा विभिन्न निकायको ध्यानकर्षण गराईएको छ ।
मेलम्ची बाढीले क्षति पु¥याएको विद्युत, सडक र खानेपानी लगाएत भौतिक पूर्वाधारको पुर्ननिर्माण गर्न पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापा लगाएत नेताहरुले ध्यानकर्षण गराएका हुन् ।

हेलम्बुको किउलदेखि मेलम्चीसम्म पैदल यात्रा गरी बाढीले पुराएको क्षतीको स्थलगत अवस्थाको अध्ययन सहित मंगलबार उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, राष्ट्रिय बिपत जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल, मेलम्ची खानेपानीका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ र सडक बिभागका प्रमुख लगाएत पुगेका थिए । स्थलगत अवलोकन पछि त्यस क्षेत्रको सडक, मोटवेल पुल, झोलङ्गे पुल तथा बेलीब्रीजका सवालमा बिभागका प्रतिनिधि अमृत श्रेष्ठसंग तत्काल निर्माण गर्न आग्रह गरिएको पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सिन्धुज्वालालाई बताए । सो क्रममा सो क्षेत्रमा तत्काल गर्नु पर्ने कार्यहरू विद्युत आपूर्ति, सडक मर्मत एवं बैकल्पिक ट्रयाक खुलाइ यातायात सुचारु, विद्युतीय प्रविधिबाट सञ्चालन हुने अस्थायी तुइन स्थापना, बेलीब्रीज स्थापना तथा भेमाथाङ पहिरोको भौगर्भिक अध्ययन लगायतका कार्य अघि बढाउन आवश्यक पहल भएको दुलालले जानकारी दिए ।
मेलम्ची तथा हेलम्बु क्षेत्रमा पटक पटक आएको बाढी पहिरोका कारण भएको निरन्तर जोखिमबाट जनतालाई बचाउन र यथाशक्य छिटो जनजीवन सहज बनाउन निरन्तर लागिरहेको माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापाले बताए ।