चौतारा साँगाचोकगढी नगरपालिकाको लोकप्रिय कार्यक्रम, प्रत्येक मृतकका परिवारलाई पाँचहजार

साउन २१, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना पालिका भित्र जुनसुकै कारणले मृत्यु भएका नागरिकको परिवारलाई आर्थिक सहायता प्रदान गर्न सुरुवात गरेको छ ।
नगरपालिकाको लोकप्रिय कार्यक्रमको रुपमा रहेको मृतकका परिवारलाई आर्थिक सहायता कार्यक्रम नयाँ आर्थिक वर्ष साउन देखि सुरुवात गरेको हो ।

विभिन्न कारणले निधन भएका नगर भित्रका आफ्ना नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरको कार्यक्रम अनुसार प्रति मृतक परिवार ५ हजार प्रदान गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सिन्धुज्वालालाई जानकारी दिए । ‘हामीले यो आर्थिक वर्षदेखि विभिन्न कारणले मृत्यु भएका नागरिकका परिवारलाई आर्थिक सहायता सुरुवात गरेका छौं’, मेयर तामाङले भने ।
नगरको नीतिगत कार्यक्रम अनुसार छुट्याईएको आर्थिक सहायता प्रत्येक मृतकका परिवारका घरमा पुगेर प्रदान गरिएको मेयरका स्वकीय सचिव रोहित शर्माले जानकारी दिए । उनका अनुसार आर्थिक सहायता हस्तान्तरण गर्न मेयर तामाङ, उपमेयर जानुका पराजुली लगाएत वडा अध्यक्षहरु समेत सहभागी थिए ।
उनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ सुरुवात भएसंगै नगरभित्रका चौतारा, पिपलडाँडा, ईर्खु र कुविण्डे गरी ६ मृतक परिवारलाई नगरले आर्थिक सहायता प्रदान गरेको हो ।
स्मरण रहोस प्रत्येक सर्वसाधारणको विभिन्न कारण मृत्यु हुँदा तिनका परिवारलाई आर्थिक सहायता गर्ने कार्यक्रम १२ स्थानीय तह मध्ये चौतारा साँगाचोकगढी नगरपालिकाको पहिलो कार्यक्रम हो । नगरले गरेको उक्त कार्यक्रमको सुरुवातले सर्वसाधारण निकै उत्साहित देखिएका छन् ।