त्रिपुरासुन्दरी गाउँपालिका पहिरोको जाेखिममा, अध्यक्ष श्रेष्ठद्वारा बस्तीको अनुगमन

साउन १९, पिस्कर (सिन्धुपाल्चोक) । मुलुकमा भारी वर्षा सुरु भएसंगै मानवीय बस्तीहरु जोखिममा पर्न थालेका छन् । बाढी पहिरोका कारण मेलम्चीमा सर्वाधिक क्षति पु¥याएसंगै पछिल्लोपटक अन्य पालिकामा समेत पहिरोको जोखिम देखिन थालेको छ ।
यसै सन्दर्भमा त्रिपुरासुन्दरी गाउँपालिका वडा न.२ बुङाथलीमा आइतबार रातीको भारी वर्षाले गाउँको बस्तिनै जोखिममा परेको छ । बस्तीमा बाढी पसेर मानवीय क्षेती नभएता पनि चौपाय मरेको स्थानीयले बताएका छन् ।

बस्तीमा भलबाढी र पहिरोले क्षति पु¥याए सलत्तै गाउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ लगाएत जनप्रतिनिधीहरु बस्ती अनुगमन गर्न पुगेका थिए । बुङगाथलीमा बाख्रा ४ वटा बाख्रा मरेको तथा चारघर बस्न नमिल्नेगरी क्षति पुगेको अनुगमन गरेर फर्किएका पालिका अध्यक्ष क्षेष्ठले जानकारी दिए । उनका अनुसार त्याहाँका चारघरलाई पालिकाले नजिकैको विद्यालयमा अस्थायी बसोबास मिलाएको छ । उनीहरुलाई खाद्यन्न, लत्ताकपडा लगाएत बन्दोबस्तीका सामाग्री मिलाईएको अध्यक्ष श्रेष्ठले बताए । ‘पीडितहरुलाई विद्यालयमा सबै व्यवस्था मिलाएका छौं’, श्रेष्ठले भने । त्यस्तै पिस्करमा पहिरो झरेर २ वट बाख्रा मरेका छन् । त्यस्तै पिस्करको च्याङथामा ४ घर र चोकटीको सल्लेनीमा केही घर जोखिममा रहेको समेत उनले जानकारी दिए । पीडितहरुलाई राहतको व्यवस्थापन गरिएको र जोखिम बस्तीहरुको अनुगमन पछि उच्च सर्तकता अपनाईएको अध्यक्ष श्रेष्ठको भनाई छ । अवरुद्ध भएको पात्ले लाटु सडक पनि तत्काल खोल्न लागिएको समेत उनले जानकारी दिए ।

त्यस्तै भारी बर्षाको कारण पिस्करमा आईतबार र सोमबार राती परेको पानीको कारण देबिस्थान बुटे टोलमा पहिरो झरेको थियो । जसमा उक्त टोलमा सुन्तली बिकको घरमा २ वटा बाख्रा अन्य सामाग्री पुरिएको थियो । त्यस्तै सितेम टोलमा बिबिन्द्र थामि, बैती टोलमा दिनेश श्रेष्ठको घर उच्च जोखिममा रहेको त्याँहाका स्थानीयले सिन्धुज्वालालाई जानकारी दिएका छन् ।