
राताे पुल पनि बगायाे, हेलम्बु पूर्ण रूपमा विच्छेद

साउन १७, सिन्धुपाल्चोक ।
असार १ गतेको हेलम्बु-मेलम्ची बाढीले जोखिम पुर्याएको हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान ९ बजेतिर हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएकाेहो वडा नम्बर ४ का वडाअध्यक्ष राजकुमार लामिछानेले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार हिजो बेलुकी ९ बजे सो नदीमा असार १ को जस्तै लेदो सहितको बाढी आएको थियो । नाकाेतेमा पहिराे अाएपछि मेलम्ची खाेला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएकाे थियाे । स्थानीय र प्रहरीकाे सायताले साईरन बजाएर जनतालाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएकाे वडाअध्यक्ष लामिछानेले बताए । उनका अनसार राति खोला केही घटेर चनौटे बजार र रातोपुल जोगिजे आश पलाएको भएपनि विहान पुनः खोलाको उचाइ बढेर पुल बगाएको थियाे । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ ।
शनिबार रातिबाट आएको बाढी बढ्दै गएपनि बिहान उक्त पुल बगाएको हो । रातिबाट नै पुलको माथि हुँदै पानी बगेको थियो ।पुल बगाएपछि हेलम्बु गाउँपालिकाको १,२ र ३ नम्बर वडा पूर्णरुपमा सम्पर्कविच्छेद भएको छ । त्यस्तै मेलम्ची नगरपालिकाको वडा ७ र ८ तथा पाँचपोखरि थाङ्पाल गाँउपालिकका को वडा नं १ र २ समेत सम्पर्क विच्छेद भएको छ ।
रातिको बाढीको कारण थप ४० घरमा क्षति पुग्नु का साथै एक पक्की पुल सहित १ झोलुङ्गे पुल समेत बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन्। त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ। प्रहरीका अनुसार पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगाएकाे छ। ग्याल्थुम बजारका ४० घर जोखिममा स्थानीएकाे भनाई छ ।
Video Player