पाँचापोखरी थाङपाललाई याङग्री लार्के सरोकार समितिद्वारा २८ लाख प्रदान

साउन ११, थाङपालधाप (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिका विपद् व्यवस्थापन कोषका निम्ति याङग्री लार्के सरोकार समितिद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
इन्द्रावती नदीको प्रत्यक्ष प्रभावित साविकको दश गाविस हाल पाँचपोखरी थाङ्पाल गाउँपालिकाको ८ तथा मेलम्ची नगरपालिकको २ नम्बर वडामा कार्यक्षेत्र रहेको संस्था याङ्ग्री लार्के स्थानीय सरोकार समितिको तर्फबाट २८ लाख ८० हजार सहयोगको चेक प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
आईतबार याङ्रग्री लार्के स्थानीय सरोकार समितिको पदाधिकारीहरुद्वारा गाउँपालिका अध्यक्ष टासी लामालाई हस्तान्तरण गरेका छन् ।
समितिका उपाध्यक्ष भिम वहादुर गुरुङ र सुर्य वहादुर अधिकारीका साथै समितिका सदस्य तथा सल्लाहकारको रोहबरमा प्रदान गरिएको थियो । रकम विपद ब्यवस्थापन कोषमा रहनेगरी वाढि पहिरोबाट क्षति भएकाहरुको लागि खर्च गरीने पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासि लामाले बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको याङ्रगी्र, टासिवा, सुनचौर, मैखर्कमा यो वर्ष वाढीपहिरोले जनजीवन निकै प्रभावित बनाएको थियो । सो क्रममा स्वास्थ क्लिनिक भवन, याङग्री एकेडेमी स्कुल भवन, पुल लगायतका संरचनामा बाढीले क्षति पु¥याएको थियो ।