लायन्स क्लबद्वारा खाद्यन्न तथा बन्दोबस्तीका सामग्री हस्तान्तण

साउन ९, चौतारा (सिन्धुपाल्चोक) । लायन्स क्लब अफ काठमाडौँले विपद जोखिम
पूर्व तयारीको लागि खाद्यन्न तथा बन्दोबस्तीका सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त सामाग्री शुक्रबार लायन्स क्लबले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाई हस्तान्तरण गरेको हो । माहांघमा आयोजित एक कार्यक्रमका बीचमा अध्यक्ष जीवन श्रेष्ठलाई लायन्स क्लबकी हंगर चिफ संगिता सिलवाल लगाएतले हस्तान्तरण गरेका थिए । हस्तान्तरण पछि संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक सिलवालले सिन्धुपाल्चोकमा आईपर्ने विपदमा परेका नागरिकलाई सहयोग गर्न आग्रह गरिन । सिलवालले जीवनमा प्रकोपबाट पीडितलाई सहयोग गर्न पाउनु गौरबको कुरा भएको बताईन ।
सामग्री बुझ्दै पत्रकार माहांसघका अध्यक्ष जीवन श्रेष्ठले प्राकृतिक प्रकोपमा विपदमा परेकाहरुलाई आवश्यक अनुसार वितरण गरिने बताए ।
लायन्स क्लबले ३५ थान त्रिपाल, ३० थान ब्लाङकेट र १५ पाकेट चामल लगाएत सामग्री माहासंघलाई हस्तान्तरण गरेकोे हो ।
लायन्स क्लबले मुलुकमा लकडाउनको समयमा काठमाडौं लगाएत स्थानमा १८ महिना देखि दिनको साँडे ३ सय भोको पेट हुनेहरुलाई खाना खुवाईएको लायन्स क्लब अफ काठमाडौँ स्मार्ट सिटिका प्रेसिडेन्ट संगिता शर्माले बताईन
कार्यक्रममा जिएलटि मल्टिपल कोर्डिनेटर शम्भुप्रसाद घिमिरे, पुर्व डिस्ट्रिक गर्भनर मधुकर उपाध्याय लयन कोडिनेटर इन्द्रबहादुर कार्की लगायत सहभागी थिए ।

यसैबीच सोही दिन लायन्स क्लब अफ काठमाडौ स्मार्ट सिटिको स्पोन्सर र ग्रिन सिटिको को–स्पोन्सरमा चौतारामा लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटि स्थापना गरिएको छ सो क्लबको बोर्ड अध्यक्षमा लायन अर्जुन शर्मा सर्बसम्मतले चयन भएका छन् ।
अध्यक्षमा शर्मा सँगै प्रथम उपाध्यक्षमा कृष्ण गोपाल श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा रामबहादुर घले, सचिवमा रिना श्रेष्ठ सहसचिवमा कुसुम कर्मचार्य, कोषध्यक्षमा मिना थापा सह– कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छन् ।

यस्तै क्लबको बरिष्ठ सल्लाहाकार नरमान श्रेष्ठ, क्लबको डाइरेक्टर रोहित शर्मा र नविन प्रदान, मेम्मरसिप चेयरपर्शन रामकृष्ण पराजुली, एल सि आइ एफ कोर्डिनेटर हरिकुमार श्रेष्ठ, सर्भिस चियरपर्सन सन्देश श्रेष्ठ र मार्केटिङ अफिसरमा लक्ष्मी श्रेष्ठ सर्बसम्मतले चयन भएका छन् ।
अमेरिकाको सिकाको सहरबाट शुरु भएको लायन्स क्लब हाल २ सय १६ देशमा फैलिसकेको छ भने नेपालमा मात्रै ४० हजार भन्दा धेरै सामाजिक अभियान्ताहरु यस क्लबमा आबद्ध रहेका छन् ।