संगठन निर्माण गर्न माओवादी केन्द्र छिर्यो गाउँ–गाउँमा, १ नम्बर वडा अध्यक्षमा श्रेष्ठ

साउन ८, निर्मल बस्नेत
स्याउले (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक जनसंगठन विस्तार गर्न भन्दै गाउँ–गाउँ छिरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ को पार्टी कमिटीको भेला सम्पन्न गरेको छ । भेलाले सुरेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय वडा समिति अनुमोदनको लागि नगरकमिटीमा पेश गर्ने गरि गठन गरिएको निवर्तमान अध्यक्ष युवलाल श्रेष्ठ ‘हिरा’ ले सिन्धुज्वालालाई वताए ।

जिल्ला अध्यक्ष गोविन्द पराजुली अभिनाशको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो । पराजुलीले सम्मेलनको शुभकामना तथा पार्टीको धारणा राख्ने क्रममा अन्य पार्टीको भन्दा माओवादी केन्द्रको पार्टी बिधान शसक्त र प्रभावकारी रहको जीकिर गरे । उनका अनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र जम्मा दलितको जनसंख्या भन्दा २ प्रतिशत बढाएर दलितको प्रतिनिधित्व हुने र प्रौढहरुको जेष्ठनागरिक मञ्च र सल्लाहकार रहने व्यवस्थाले सम्पूर्ण उमेर समूहदेखि लिएर जाती,क्षेत्र र लिङ्गको प्रतिनीधित्व हुने हुँदा सन्लुलित पार्टी नेपालमा माओवादी केन्द्र मात्र रहेको प्रष्ट्याए । विशेष अतिथि बाग्मती प्रदेश कमिटी सल्लाहकार एवं चौतारा साँगाचेकगढी नगर प्रमुख अमानसिं तामाङले आफुलाई स्याउलेको समुदाय भेट्दा आमाको काखमा बसेको अनुभुती भएको कुरा व्यक्त गरे । उनले भने आफूलाई १० बर्षे जनयुद्धमा गाँस, बास र सुरक्षा प्रदान गरेकोले स्याउलेप्रति आफु सधैँ सकारात्मक रहेको जीकिर गरे । नगरप्रमुख तामाङले स्याउलेबासीको लागि नगरको ढोका सदैव खुला रहेकोले सामाजिक समस्या र विकासनिर्माण काम लिएर आउँदा आफूले उचित ढंगले सम्वोधन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेकपा एमाले र नेपाली काग्रेस पार्टी परित्याग गरि दर्जनौ युवाहरु माआवादी केन्द्रमा प्रबेश गरेका छन् । नवप्रबेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथीले खादा र विशेष अतिथि मेयर तामाङले अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मिलन लामाले माओवादी पार्टी अन्य पार्टी भन्दा फरक सिद्धान्त र आचरण बोकेको पार्टी भएकोले पार्टीमा लाग्दा कोही कसैको अनुहार हेरेर भन्दा पार्टीको नीतिगत अवधारणा हेरेर लाग्ने गरेको हुँदा प्रतिबद्ध र ईमानदार हुने गरेको कुरा उल्लेख गरे । लामाले अझ मजबुदकासाथ लागि पर्न आग्रह गरे । त्यस्तै कार्यक्रममा नगर ईन्चार्ज रामप्रसाद गौतमले पार्टीको गतिबिधिलाई टोलटोलसम्म लगेर आगामी निर्वाचनमा विजय हाँसिल गर्नमा जोड दिनुपर्ने कुरामा जोड गरे । कार्यक्रममा पार्टी जिल्ला सदस्य मीना नेपाल, जिल्ला सदस्य नरमान श्रेष्ठ, नगरकमीटी सदस्य शेर बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । को औचित्यबारे प्रष्ट्याउदै नगरकमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले आम जनताको मनोभावनाको कदर गर्दै पार्टीलाई पहिलो बनाउन कमिटीमा रहेका वडाका सबैलाई निर्देशन दिए ।
जिल्लामा माओवादीको नगर तथा गाउँपालिकाको कार्यदलले एकसाथ सम्पूर्ण वडाहरुको पार्टी समितिलाई पूर्णता दिने र गतिबिधिहरुको निरन्तरता दिने क्रम जारी रहेका उक्त पार्टीले जनाएको छ ।