
माओवादी केन्द्रद्वारा अर्थमन्त्रीकाे ध्यानाकर्षण, मेलम्ची र हेलम्बुमा बन्ने भयो दुईवटा ‘बेलिब्रिज’

साउन ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले बाढीका कारण मेलम्ची र हेलम्बुमा भएकाे क्षतिकाे बारेमा अर्थमन्त्री जनार्दन शर्माकाे ध्यानाकर्षण गराएका छन् । शुक्रबार पार्टीको जिल्ला नेतृत्वसहितको टोली अर्थमन्त्री जनार्दन शर्मालाई भेट गर्न सिंहदरबारस्थित मन्त्रालय पुगेको थियो । जिल्लाका माअाेवादी नेताहरूले तत्काल मेलम्ची र हेलम्बुमा बेलिब्रिज निर्माण गर्न बजेट छुट्टयाउन अर्थमन्त्री शर्मालाई अाग्रह गरेका थिए । भेटपछि अर्थमन्त्री शर्माले २ वटा पुल चाँडै निर्माण गर्ने प्रतिबद्धता जनाएकाे जिल्ला अध्यक्ष गाेविन्द पराजुलीले जानकारी दिए । ´हाम्राे जिल्ला पार्टीको ध्यानाकर्षण पछि अर्थमन्त्रीले प्रतिवद्धता जनाईसक्नु भएकाे छ, अब दुईवटा बेलीब्रिज बन्छ `, पराजुलीले भने ।
उनका अनुसार अर्थमन्त्री शर्मालाई १५ बुँदे मागहरु सहित जिल्ला नेताहरूकाे टाेली मन्त्रालय पुगेको हो । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिकामा बाढीका कारण जनताले भाेग्नुपरेकाे कठिनायीका सन्दर्भमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियाे । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्ण प्रसाद सापकाेटा ´देशवन्धु`, काे नेतृत्वमा केन्द्रीय सदस्य माधव सापकाेटा ´सुवाेध`, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ´शरद`, नेकपा सिन्धुपाल्चोकका नेता तथा प्रदेश सचिवालय सदस्य सरल सहयात्री पाैडेल, झम्क पराजुली ‘हिमाल’, गोविन्द पराजुली ‘अभिनास’ लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।
क्षतिग्रस्त ती क्षेत्रहरूकाे अवालोकन गरेर सरकारले तुरुन्तै बाढीबाट प्रभावित क्षेत्रमा बेलिब्रिज बनाउन माओवादीका नेताहरुले ध्यानाकर्षण गराएका थिए । गत १ असारमा हेलम्बु, मेलम्ची लगायतका क्षेत्रहरुमा ठूलो क्षति हुने गरी बाढी आएको थियो । बाढीबाट प्रभावितहरुको उद्धारमा मन्त्री दुलालसहितका नेताहरु सोही दिनदेखि खटिएका थिए ।
माअाेवादी जिल्ला नेतृत्वकाे टाेलीले विपद् प्राधिकरण अन्तर्गत संकटग्रस्त भएका जिल्लाहरुमा जिल्लामै कार्यालय राख्न ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री शर्माले घोषणा भएको काम तत्कालै गर्नेगरी काम अघि बढाउने प्रितवद्धता जनाएका थिए ।
यसैबीच साेही अवसरमा सो क्षेत्रमा ऋण लिएका पीडितहरुको ब्याज मिनाह गराउन समेत ध्यानाकर्षण गराइएको जिल्ला नेता झम्क पराजुलीले जानकारी दिए । उनका अनुसार मन्त्री शर्माले ब्याज मिनाह गर्ने कुराहरु सम्बन्धित मन्त्रालयबाट अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
स्मरण रहाेस माअाेवादी केन्द्रकै सक्रियतामा कही दिन अघिमात्र जुगल गाउँपालिकाे नेसम खाेलामा तुईन हालिएकाे थियाे । प्राकृतिक प्रकाेप विपद व्यवस्थापनमा सिन्धुपाल्चाेकका माअाेवादी केन्द्रकाे सक्रियता पछिल्लाेपटक निकै बढेकाे छ ।