सहयोगको नाममा राजनीति, स्वास्थ्य मापदण्ड उलंघन गर्दै अस्पतालमा सयौंको भिड
साउन ६, बाह्रबिसे (सिन्धुपाल्चोक) । मुलुकमा कोभिड माहाकारीको तेस्रो भरियन्ट फैलनसक्ने सम्भावानलाई चिकित्सकशात्रीहरुले औंल्याईरहेका छन् । तर पछिल्लो पटक त्यसको कार्यान्वयन भने कुनै पक्षले ईमान्दारीता पूर्वक गरेका छैनन् ।
अघिल्लो ओली सरकारले सार्वजनिक कार्यक्रम गरेर स्वस्थ्य मापदण्ड उलंघन गरेका घटनालाई केही राजनैतिक दलहरुले समेत निरन्तरता दिईरहेका छन् । त्यसको प्रत्यक्ष घटना सिन्धुपाल्चोकमा समेत देखिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मापदण्डलाई बलपूर्वक मिचेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए ।
बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई सेनिटाईजर मेशिन सहयोग गर्ने नाममा अस्पताल परिषरमै सयौं कार्यकर्ता भेला गरेर स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको उनको आरोप छ । नेता बस्नेतले बुधबार प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई स्यानीटाईजर मेशिन हस्तान्तरण गरेका थिए । उनी संगै स्वास्थ्य केन्द्र परिसरमा सयौं कार्यकर्ता थुप्रिएको शेर्पाको कथन छ ।
तेस्रो कोभिड माहामारीको हल्ला चलिरहेको बखतमा बाह्रबिसे स्वास्थ्यकेन्द्रका स्वास्थ्य कर्मचारीहरु नै आतंकित हुनेगरी क्रियाकलाप गरिरहेको उनले आरोप लगाए । ‘कोभिडको माहामारीको बीचमा स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा नेताको अगुवाईमा अमर्यादित ढंगले भिडभाड गर्नु गलत हो’, मेयर शेर्पाले भने । ा बाह्रबिसे नगरपालिकाले एकद्वाराको नीति अबलम्बन गरेपनि त्यसको उलंघन गरेर नगरपालिकासंग समन्वय नै नगरी सहयोगको नाममा कार्यक्रम आयोजना गरेकोमा उनले आपत्ती जनाए । ‘नेता बस्नेतकै कारण विभन्न स्वास्थ्यचौकीहरु आतंकित भएका छन्’, मेयर शेर्पाले भने, ‘कहिले सेनीटाईटरको नाममा कहिले माक्स वितरणको नाममा राजनीति भएको छ ।’ कार्यक्रम गर्न नदिए डक्टरलाई नै धम्काउने गरिएको उनले खुलासा गरे । नगरपालिका भित्र गरिने सहयोगमा स्थानीय सरकारलाई नै वाईपास गरेर गतिविधि गर्नुलाई नेता बस्नेतको बल मिचाईको संज्ञा दिए । मेयर शेर्पाका अनुसार नेता बस्नेतले कहिले पिसिआर मेशिन राखिदिने, कहिले अक्सिजन सहितको १०० बेडको अस्पताल राखिदिने लगाएतका आश्वासन दिएर जनतालाई भ्रम छरीरहेका छन् । जनतालाई झुट्टा आश्वासन दिएर भ्रम फैलाउने तत्वहरुलाई सम्बन्धित निकायको ध्यान जान समेत उनले आग्रह गरे । कांग्रेसका केन्द्रीय सदस्य बस्नेत तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको निर्देशनमा पटक पटक जनविरोधी कार्य भएको मेयर शेर्पाको आरोप छ ।
बुधबारको उक्त घटनाको सन्दर्भमा प्र्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसेकी मेडिकल निमित्त ईन्चार्ज अनुपमा थापाले नेता बस्नेतद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्यानीटाईजर मेशिन हस्तान्रण गरेपनि अस्पतालमा भिडभाड भने अस्वभाविक रहेको स्विकारिन ।
‘अस्पताल भित्र एक्कासी भिड आयो हामीले केही भन्नै सकेनौं,’ अनुपमाले भनिन । अस्पताल भित्र छिरेको अस्वभाविक भिडलाई दुरी कायम गर्न आग्रह गरिएपनि नसकिएको उनले बताईन । उक्त घटनाको सन्दर्भमा नेता बस्नेतसंग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
स्मरण रहोस एक महिना अगाडि क्षेत्रीय सभापति बालकृष्ण बस्नेत समेत मुछिनेगरी एकसञ्चारकर्मीले अस्पतालको महिला बस्ने निजी कोठामा ड्रोन मार्फत भिडियो खिचेको भन्दै प्रहरीले ति सञ्चारकर्मीलाई केही दिन हिरासतमा लिएको थियो । पछिल्लो पटक बस्नेत आफ्नै नेतालाई हातपात गरेको आरोपमा पार्टी भित्रै कारबाहीमा परेका छन् ।