
माओवादी केन्द्रको सक्रियतामा नेसम खोलामा तुईन

साउन ४, ढाँडे (सिन्धुपाल्चोक) । असार १ गते राती आएको बाढीले नेसाम खोलाको पुल बगाएर गुम्बाको माथिल्लो भेगमा बस्ने नागरिकलाई आवतजावत ठप्प भएको थियो । तत्काल पुल बनाउन संघीय सरकार सहित तीनै तहलाई जिल्लाका नेताहरुले आग्रह गरे तर सफल हुन सकेन । नागरिकको आवाज कतैबाट सुनुवाई नभएपछि तत्काललाई अस्थायी व्यवस्थाको लागि नेकपा (माओवादी–केन्द्र) सिन्धुपाल्चोकले नेसाम खोलामा तुईन हाल्ने घोषणा ग¥यो । उक्त अभियानको नेतृत्व माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ ले गरेका थिए ।
तुईन हाल्ने घोषणा गरेको सातौ दिनमा नेसाम खोलामा तुईन निर्माणको ८० % काम सम्पन भएको नेता सापकोटाले बताए । ‘हामीले सातै दिनमा तुईन निर्माणको करिब करिब काम सम्पन्न गरिसकेका छ’ैं, नेता सापकोटाले भने ।
तुईनको लागि लठ्ठा, कोक्रो लगाएतका समाग्रीहरु उक्त स्थानमा पु–याई नेसाम खोलामा दुवैतिर पोल सहित जिप निमार्ण र कक्रिटिङको काम समेत सम्पन्न भएको उनले बताए ।
कंक्रिटीङ सेट हुनको लागी एक हप्ताको अबधि आवश्यक पर्ने हुनाले सो समय समाप्त भए पछी तुईन संचालनमा आई आवागमन सुचारु हुने उनले बताए ।
सिन्धुपाल्चोकको विकट क्षेत्र गुम्वाको माथिल्लो भेगको भौगोलिक विकटता, अहिलेको वर्षादको समय, यस जोखिमपूर्ण अवस्थामा पार्टीको निर्णयलाई साकार पार्न उक्त योजना थालिएको बताए । तुईन कार्यान्वयनमा अग्रसर महत्वपूर्ण योगदान गर्ने पार्टीका कार्यकर्ता, सुवेच्क्षुक, स्थानीय नागरिक लगायत सवैमा नेता सापकोटाले धन्यवाद समेत दिए । तुईन निर्माणमा नेता सापकोटाको नेतृत्वमा जिल्ला वाईसियल ईन्चार्ज सबिन आचार्य, जिल्ला नेता रेशम स्याङ्बो लगाएत स्थानीय दर्जनौ कार्यकर्ताको सक्रियतामा भएको हो । तुईनकाे उदघाटन अाज पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकाेटा लगाएत नेताहरू त्याहा पुगेर गरेका थिए ।