
२६ दिनपछि लाज पचाएरै प्रम ओली बाढी प्रावित मेलम्चीमा

असार २६, मेलम्ची (सिन्धुपाल्चोक) । प्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट क्षतिग्रस्त बनेको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गर्न पुगेका छन । बाढी आएको २६ दिन पछि प्रधानमन्त्री ओली मेलम्ची र हेलम्बु पुगेका हुन् ।
मेलम्ची अकल्पनीय बाढिको कारण भएको अकल्पनीय नै क्षतिको अबलोकन गर्न धेरै दिनपछि सो क्षेत्र पुगेपछि बाढी प्रभावित स्थानीय अचम्मित परेका छन् । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको मुहान र प्रभावित क्षेत्र समेत रहेको, काठमाडौंबाट पाँच मिनेटको हवाई यात्रामा पुग्न सकिने हेलम्बु–मेलम्ची क्षेत्रमा २६ दिन पछि पुग्नुलाई राजनैतिक विश्लेषकहरुले प्रम ओलीको जनताप्रतिको गैर जिम्मेवार पनको रुपमा अथ्र्याएका छन् ।
आज सेनाको हेलिकप्टेर मार्फत हेलम्बु हुँदै मेलम्ची आईपुगेका प्रम ओलीले घर क्षति भएका प्रति घरपरिवार चार बन्डल जस्ता पाता उपलब्ध गराईदिने आश्वासन दिए । यद्यपि बाढी पीडितहरुको लागि यस अघि नै विभिन्न क्षेत्रबाट जस्तापाता सहयोग पुगिसकेको छ । प्रम ओलीले बाढि पहिरोबाट घर क्षति भएकालाइ अस्थायी निर्माणका लागि ५० हजार र स्थायी निर्माणका लागि ५ लाख तथा घर बनाउन जग्गा नहुनेका लागि जग्गा खरिद गर्न ३ लाख दिने समेत उदघोष गरेका छन् । स्मरण रहोस उक्त निर्णय सरकारको पहिले नै भएको निर्णय हो, नयाँ भने पक्कै होइन ।
प्रभावितहरु संगको संक्षिप्त कार्यक्रममा बोल्दै प्रम ओलीले सडक तथा बस्ती संरक्षणको लागि हेलम्बु गाउँपालिका २ करोड ५० लाख , पाँचपोखरी थाङ्पाल गाउँपालिका २ करोड र मेलम्ची नगरपालिका को लागि १ करोड ६५ लाख नेपाल सरकारले प्रदान गर्ने जानकारी समेत दिए । तर प्रम ओलीले त्यस क्षेत्रका जनताको नीजि जग्गा, नदिजन्य व्यवशाय क्षति भएर करिव सुकुम्बासी जस्तै भएका नागरीक लगायत अन्य संस्थागत एवं सार्वजनिक क्षतिको बारेमा केही सम्बोधन समेत गरेनन् ।
कार्यक्रममा प्रम ओलीले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको मुहानमा क्षतिग्रस्त भएकोले कम्तिमा एकवर्ष पानी सञ्चालनमा ल्याउन नसकिने प्रष्ट पारे ।
स्मरण रहोस मेलम्ची लगायत बिभिन्न ठाउँमा तत्काल बेलिब्रिज राखि सडक सञ्जाल सुचारु नगरे स्थानीयलाई आवातजावतमा समस्या आउने देखिन्छ ।
प्रम ओलीले त्यस क्षेत्रका जनताको नीजि जग्गा, नदिजन्य ब्यबशाय क्षति भएर करिव सुकुम्बासी जस्तै भएका नागरीक लगायत अन्य संस्थागत एवं सार्वजनिक क्षतिको बारेमा समेत केही सम्बोधन गरेनन्
स्मरण रहोस मेलम्ची, तालामाराङ, ग्यालथुम, चनौटे, किउलबगर देखि तिम्बु, हल्दे, नाकोते सम्ममा बस्तिको संरक्षण एवं स्थानान्तरण गर्नको लागि गृहमन्त्रालयमा मार्फत कुनै काम भएनन् ।