बाढी प्रभावित जनतालाई मलम पट्टी लगाउन यसरी खटिएका थिए पूर्व सामाजिक विकासमन्त्री दुलाल
ज्वाला डेस्क
असार १ गते सुन्दर मेलम्ची तथा हेलम्बुलाई कुरुप बनाउने गरी भयांकर त्रासदीपूर्ण मेलम्ची खोलामा बाढी आएको थियो । मेलम्ची खोलाको बाढिले अकल्पनीय जनधनको क्षति भएको खवर सुनेका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल बिक्षिप्त बने । त्यसपछि उनी लगत्तै हेटौडाबाट काठमाडौं आइपुगेँ । सबैभन्दा मानवीय र भौतिक क्षति पुगेको हेलम्बुमा पुग्ने तरखरमा लागे तर हेलम्बु बाटो मेलम्ची देखि नै ठाउँ ठाउँमा बाढीले क्षति पु¥याएका कारण अवरोध बनेको थियो । मेलम्ची–चनौटे खण्डमा अस्थायी भए पनि बाटो खुलाएर उनी लगाएत एउटा टिम चनौटे पुग्यो । घटना पछि पहिलो पटक बाटो खुलाएर सांसद दुलाल लगाएत टिम त्याहाँ पुगेपछि त्यहाँका जनताले केही खुशी र केही राहत महसुस गरे । विद्युत विच्छेदका कारण संचार अवरुद्व बनेको सो क्षेत्रमा उनकै प्रयत्नमा सबै अवरोधहरु भोलीपल्टै ग्यालथुम आसपाससम्म सञ्चालनमा आयो । अघिल्लो दिनमै पाल्चोकसम्म बिधुत सुचारु गराईएको थियो । प्रतिकुल मौसमका बाबाजुद यति छिटो काम सम्पन्न भएकोमा स्थानीयले पूर्व मन्त्री दुलालप्रति आभार व्यक्त गरे । बाँकी काम पनि द्रुत गतिमा सबै जुटेर पुरा गर्ने दुलालले बाचा गरे ।
१ गते साँझ देखिको हेलम्बु शिरमा आएको बाढी र पहिरोको मेलम्ची देखि हेलम्बुको मेलम्ची घ्याङभन्दा माथि काचेत आसपास सम्मको अवस्थाको बारेमा जनप्रतिनिधि मार्फत उनले जानकारी लिएका थिए ।
उनकै प्रयत्नमा बिहान मेलम्चीमा खोलाले घेरेको घरमा अड्किएका नागरिकका सैनिक हेलिकोप्टरबाट उदार गरियो भने याङग्री लार्केमा सिम्रिक एअरबाट खोला पारी फसेका नागरीकको उद्धार गरिएको थियो । तर केहीलाई उद्वार गर्न भने सकिएको थिएन । त्यत्तिकैमा असार १ गते साँझ ७ बजे हेलम्बुबाट बिश्वराम गुरागाइले उनलाई फोन गरेर “दाइ दुइजना व्यक्ति नदीको बीचमा फसेका छन्, बचाउन सकिन्छ की“ भनेका थिए । तर बिडम्बना हेलिकोप्टरबाट रेस्क्यू गर्न सकिन्छ की भनेर कोशिश गर्न नै नपाई उनीहरु (चेङा तामाङ र उनकी श्रीमती)
लाई नदिले बगाएर लग्यो । पछि यी बहिनी र भाइ (जो टुहुरा छन् ) उनीहरुलाइ दुलालले भेटें । दिदीले आधारभूत तहको पढाइ सकेको र भाइले पढाइ छोडेका रहेछन् । उनीहरुलाइ पढ्न दुलालले प्रेरित गरे । पढ्न तयार भए भने पढाइदिने बाचा समेत गरे ।
मेलम्ची–हेलम्बु क्षेत्रमा प्राकृतिक प्रकोप अवलोकन पर्यटन व्यापक बढ्न थालेका थिए । त्यतिबेला मेलम्ची, तालामाराङ, ग्यालथुम, चनौटे, किउल लगायत क्षेत्रमा स्वयंसेवक पनि आवश्यक थियो । सानो सानो समूह बनाएर कम्तिमा दुईदिन काम गर्न सक्ने व्यक्ति स्वयंसेवक बनि भौतिक श्रम गर्न आउन समेत पूर्व मन्त्री दुलालले आह्वान गरे । यता स्थानीय, प्रहरी र नेपाली सेना सहित दुलाल समेत सहभागी भएर काम सुरु गरिसकेका थिए ।
असार २ गते बिहान देखि मेलम्ची–हेलम्बु क्षेत्रमा पुगेका थिए उनी । भयानक अकल्पनीय प्राकृतिक प्रकोपबाट प्रभावित समग्र पक्षको तत्कालीन राहत र उद्धार सम्बन्धित स्थानीय सरकार, जिल्लास्थित सरकारी निकाय, राजनीतिक दल एवं गैर सरकारी क्षेत्र लगायत सबैबाट सहयोग प्राप्त भयो । धेरथोर सबैको योगदान रह्यो । उनी पनि सहयोद्वा साथीहरू सहित पार्टीको झण्डा विना उपस्थित भए । यसरी सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का सिपाही र जनताका प्रतिनिधिको भूमिकामै उपस्थित भएका थिए । विपत्तिमा राजनीति गर्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सामूहिक कर्तव्य बुझेर काम गर्ने सेवा–भाव स्थापित गर्न सांसद दुलाल सहितको टोली सफल भयो । साँच्चै यो मानवीय काम गर्नै पर्थ्यो र सबैले पुरा गरे । तर अब पूर्व मन्त्री दुलाललको अगाडि महत्वपूर्ण जिम्मेवारी बाँकी नै छ । यस क्षेत्रको नव निर्माण (पुर्र्नर्माण होइन) । सुरक्षित र सुन्दर सहर निर्माण, कृषी, पर्यटन लगायत समग्र आर्थिक क्षेत्रको एकीकृत योजना चाहियो । ‘अब हामी गुमेका सपनाको चिन्तामा होइन नयाँ सपना निर्माणको महाअभियानमा लाग्नु पर्दछ’, सांसद दुलालले भने । मेलम्ची–हेलम्बु क्षेत्रको नव निर्माण गर्न एक अभियन्ताको रुपमा निरन्तर लागिरहने उनले प्रतिवद्वता जनाए । अति प्रभावित हेलम्बुको चनौटेबाट सम्बन्धित सबैमा सकारात्मक सोचाइ, उच्च बिश्वास र हिम्मत सहित सृजनात्मक भएर यस अभियानमा लाग्न उनले आव्हान समेत गरे ।
मेलम्चीमा शिखरपुर जाने र दुबाचौर जाने दुइवटा पुल पूर्ण नष्ट भएको थियो । मेलम्ची बजार तल्लो भाग, रेडियो मेलम्ची भवन, मेलम्ची बहुद्देश्यीय कभर्ड हल वारी पारीका अन्य सबै नीजि एवं संरचना, खोला किनाराका सबै खेती, सबै माछा फार्म पूर्ण क्षति भएका थिए । मेलम्ची देखि चनौटेसम्म एक ठाउँमा बाटो बनाएपछि सडक यातायात सुचारु गर्न सकिने देखिएको थियो । पानी घट्नासाथ त्यो चालु गरिने दुलालको योजना छ । तालामाराङ, चनौटै बजारको धेरै भाग क्षति भइसकेको र आधा क्षति हुने क्रममा अझै छ । त्यसभन्दा माथिका सडक पुरै यातायात चल्न नसक्ने अवस्थामा छन् र मेलम्ची खोलाका सबै पुल ध्वस्त भएका छन्, । मेलम्ची खानेपानीको मुहान, चिनिया क्याम्प सबै ध्वस्त भएको छ । माथिल्लो भागमा केहि पहिरो जाने खोला थुनिने र बढ्ने खतरा अझै छ । संचार र बिधुत पूर्ण रुपमा बन्द छ । कति मानिस लापत्ता भए एकीन गर्न सकिएको छैन । हामी तत्काल उद्धार र राहतमा लाग्नु पर्ने भएको छ । सबभन्दा पहिला सरकारलाई अविलम्ब हेलिकोप्टरबाट राहत सामग्री पुर्याउन जोडदार माग गरे ।
हेलम्बुका प्राभावितको अल्पकालीन राहत, मेलम्ची–हेलम्बुको मुल सडक सुचारु र बिधुतको मुख्य लाइन र संभव भए सम्मको फिडर लाइन आपूर्ति सुचारु गर्न दुवै पालिका प्रमुख र सरकारी निकायसँग समन्वय गरी प्रयत्न गरिरहे । राहत र उद्धारको काममा उनी निरन्नतर लागि रहे । दःुखमा साथ दिन बिभिन्न व्यक्ति र संघ संस्थाबाट भइरहेको सहयोग र सद्भावको लागि आभार व्यक्त गर्दै सबैमा सहयोगको लागि अनुरोध गरे ।
त्याहाँ प्रभावित क्षेत्रमा तार जाली राहत चाहिएको थियो । मूलत ः यो काम सरकारको हो र सरकारला नै लाखौं थान जाली र त्यसको आवश्यक बजेट यस क्षेत्रमा दिनपर्ने उनको अडान छ । सरकारलाई सवक दिने गरी पहिलो पटक हेलम्बु गा.पा.बासी को मागलाई सम्बोधन गर्दै हाम्रो अनुरोधलाई स्विकार गरी नेकपा (माओवादी केन्द्र) सिन्धु–काठमाण्डौ सम्पर्क मञ्चले व्यक्तिगत पैसा उठाएर दूईसय थान तार जाली आज बहुचर्चित र महत्वपूर्ण “रातो पुल“ संरक्षणका लागि उपलब्ध गराएको थियो । यहाँका जनताको पूवै मन्त्री संग अहिलेको माग नै त्यहि रहेको थियो ।
उनी निरन्तर हेलम्बुमा रहे । मेलम्ची नदि अर्ध तरल (घोल÷लेदो) अवस्थामा ठूला बोल्डर पल्टाउँदै निरन्तर उत्तिकै दवाव सहित बगिरहेको थियो । बजार, निजी एवं सार्वजनिक संरचना एवँ खेतीयोग्य जमिन कहिले एउटा किनारामा कहिले अर्को किनारामा कटान जारी रहन्थ्यो । मेलम्ची बजार देखि मेलम्ची घ्याङ्गुल जाने सम्ममा बचेको एक मात्र चनौटेको रातो पुल उच्च जोखिममा रहेको थियो । खोलाको आवाज आकाशमा चट्याङ गडगडाए झैं अनुभूत गरेका
पूर्व मन्त्रीले हार खाएनन् पीडित जनतासंग उनी सँगै रहे साथै दुःख र सुखमा पनि । विपत्तिहरुको मिलेर सामना गर्ने उनले प्रतिवद्व जनाए ।
त्यसैगरी उनले पाँचपोखरी थाङ्पालमा बाढि पहिरोबाट भएको क्षतिको स्थलगत अवलोकन गरे । त्यस बखत देखिएका प्राकृतिक क्षतिका केही तस्विर र समाधानका बारेमा मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिका सँग आवश्यक समन्वय गरे । बाहुनीपाटीको पुल सञ्चालन गरी तिपेनी ड्याममुनी बाटो कटान भएकोले खाल्टे–आँगे(लागर्चे)–तिपेनी बैकल्पिक सडकलाई मर्मत गरी सञ्चालन गरी सडक सुचारु गरिने उनको योजना छ । याङ्ग्रीको झोलुङ्गे पुल संरक्षण गर्न गाउँपालिका अध्यक्ष टाशी लामा सहितको प्राविधिक टोली त्यस क्षेत्रमा गएर तत्काल काम गर्ने योजना बनाएको छ । याङ्ग्री बस्तिमा रहेको याङ्ग्रीमा स्कुलको अत्याधुनिक भवनहरु दुईवटा भवनहरू र तीन वटा निजी घर तथा सुनचौरमा चारवटा निजी घर क्षति भएको थियो । उक्त क्षेत्रमा सैनिक हेलिकोप्टरबाट आवश्यक राहतका लागि खाद्यान्न सहित आवश्यक लजिश्टिक ब्यबस्थापन समेत गरिएको थियो ।
जनयुद्व कालमा हरेक मोर्चाको कमान्डिङ गरेका दुलाल कहिल्यै नहारेका अथक योद्वा हुन् । भनिन्छ लडाईमा कायरहरु सबभन्दा पछाडी बस्छन् तर जीतको सुनिश्चिता हुने देखेपछि सबैभन्दा अगाडी हाम फालेर आईपुग्छन् र जस आफैंले लिन खोज्छन् । यसको विपरित बहादुरी योद्वाहरु लडाईको अग्रमोर्चामा हुन्छन् । हमेशा जोखिम चुनौतिहरुको सामाना गर्न चनाखो भईरहन्छन् । अन्तिम जित नहुँदा समेत डटेर मोर्चा लडिरहन्छन् । जब जितको घोषणा हुन्छ सबैभन्दा पछाडी बसेर मन्द मुस्कानले नियालेर हेर्छन । आज दुलाल त्यसैगरी कहिल्यै नडाउने जनताको साथमा रहने एक अथक योद्वा बनेका छन् सिन्धुपाल्चोकका लागि । साँच्चै उनकको अथक प्रयास निकै लोभलाग्दो छ ।