भोटेकोशी गाउँपालिकाको आठौं नगरसभा सम्पन्न, ५३ करोड भन्दा माथिको बजेट

भोटेकोशी गाउँपालिकाको आठौं नगरसभा सम्पन्न, ५३ करोड भन्दा माथिको बजेट


१६ असार, फुलपिङकट्टी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिकाले आफ्नो आठौं नगरसभा सम्पन्न गरेको छ ।
१५ गते भएको आठौं गाउँसभामा उपाध्यक्ष दावुटी शेर्पाले ५३ करोड १३ लाख ३५ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी छन् ।
चालु तर्फ रु २८ करोड ३१ लाख ८१ हजार ५ सय रुपैया पूँजिगत तर्फ २२ करोड ६० लाख ५९ हजार ५ सय रुपैया जम्मा रु ५१ हरोड ४१ हजार रुपैंया विनियोजन गरेको छ ।

त्यसैगरी गाउँपालिकाबाट बिनियोजन हुने ३१ करोड ४५ लाख २३ हजार मध्ये पूर्वाधार तर्फ १५ करोड २६ लाख १४ हजार पाँचसय रुपैंया, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९२ लाख रुपैंया, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ एक करोड २ लाख रुपैंया, प्रशासनिक खर्च तर्फ ६ करोड ८० लाख २९ हजार रुपयाँ रकम विषयगत क्षेत्र तर्फ विभाजन तथा विनियोजन गरिएको छ ।
त्यसैगरी अध्यक्ष रोजगार कार्यक्रममा ५० लाख रुपयाँ विनियोजन गरिएको छ । मेलम्ची र हेलम्बु बाढी पीडितको लागि रु एक लाख ४० हजार प्रदान गरिने निर्णय भएको सो गाउँपालिकाले जनाएको छ ।