दलित र गैरदलित बीच अन्तरघुलन कार्यक्रम

दलित र गैरदलति बीच अन्तरघुलन कार्यक्रम

असार १६, चौतारा (सिन्धुपाल्चोक) । दलित, गैह्र दलित अन्तरघुलन तथा दलित सहिद परिवार सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । चौतारा सागाचोकगढी नगरपालिकाको सहयोग र नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख जानुका पराजुलीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम चौतारा सांगाचोकगढी नगरपालिका १२ स्थित जुगल बहुमुखी क्याम्पस भवनमा भएको थियो ।

कार्यक्रममा दलित समुदायबाट सहिद हुने सहिद परिवारजन र अन्तरजातीय बिबाह गरेका नव दम्पतिहरुलाई रु ५÷५ हजार सहित सम्मान र प्रोत्साहन गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले जातिय विभेद सामाजिक अपराध रहेको र यसले सिङ्गो मानव सभ्यतालाई कलंकित बनाएको बताए । दलित समुदायको आर्थिक सामाजिक शैक्षिक अवस्थालाई उत्थान गर्न नगरपालिकाले विशेष प्राथमिकताको आधारमा कार्य गर्दै आएको कुरामा उनले जोड दिए ।

छुवाछुत मुक्त नगर घोषण भैसकेको स्मरण गर्दै तामाङले बिभेद÷ छुवाछूत जन्य व्यबहार गर्ने जो कसैलाइ कडा सजाँय हुनुपर्नेमा जोड दिँदै आफू सदैव उत्पीडित समुदायको पक्षमा रहेको बताए ।

कार्यक्रममा युवा नेता गणेश बिक, सागर परियार, ललित श्रेष्ठ, हरि बिक लगाएतको उपस्थित रहेको थियो ।