बाढी प्रभावित दुई पालिकालाई उद्योग वाणिज्य संघ र हिमालय सिमापारबाट सहयोग

असार ५, मेलम्ची (सिन्धुपाल्चोक) । उद्योगी तथा व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा नेपाल हिमालय सिमापार वाणिज्य संघले हेलम्बु र मेलम्ची बाढी पीडितका लागि राहत वितरण गरेको छ ।
बाढीबाट अति प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई खाद्यन्न तथा बन्दोबस्तीका सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार शुक्रबार ति दुवै संगठनका प्रतिनिधिहरुको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो । जसमा मेलम्ची र हेलम्बुलाई गरी १५० बोरा चामल, ४ सय ५० किलो दाल, १५० केजी नुन, १५० केजी तेल, १५० केजी मस्यौरा, १५० पिस पोलार, म्याट्रिस ४ सय ८० मिटर र त्रिपाल १५० वटा वितरण गरिएको हो । बाढी पिडितहरुका लागि राहत वितरण सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धु बिजनेस ग्रुपको साझेदारी कार्यक्रममा भएको हो ।
हस्तान्तरण गर्न सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होम ब. बस्नेत, निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ, वरिस्ठ उपाध्यक्ष रामकाजी पौडेल, द्धितीय उपाध्यक्ष अमृत कार्की, उपाध्यक्ष जगनाथ चालिसे, सदस्य रुपक धिताल, रामबाबु श्रेष्ठ , रबिन रोक्का तथा नेपाल हिमालय सिमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल, बरिस्ठ उपाध्यक्ष रामहरी कार्की, उपाध्यक्ष सुजित बस्नेत, उपाध्यक्ष नयन पन्डित क्षेत्री, सिन्धु बिजनेस ग्रुपका दिनेश पौडेल, रत्न पराजुली र राजेन्द्र रिजाल हेलम्बु र मेलम्ची पुगेका थिए ।
बाढीपीडितहरुको दहेनीय अवस्थालाई मध्यनजर गर्दै दुई पालिकालाई राहत सामाग्री प्रदान गरिएको निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।