बाढी प्रभावित क्षेत्रमा यसरी परिचालन गरिएको संयुक्त सुरक्षा संयन्त्र
खोज, उदार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाईदै
असार ४, चौतारा (सिन्धुपाल्चोक) । मंगलबार गएको बाढीका कारण सर्वाधिक मानवीय क्षति पुगेको हेलम्बु र मेलम्ची क्षेत्रमा संयुक्त सुरक्षा संयन्त्र परिचालन गरिएको छ । ति क्षेत्रहरुमा बाढीले बगाएका मानिसहरुको खोजी, बसेका मानिसहरुको उदार तथा विस्थापितहरुको व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै संयुक्त सुरक्षा परिचालन गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलको नेतृत्वमा हिजो बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले स्थानीय पालिका संगको समन्वयमा खोज, उदार, राहत वितरण, बसोबासको व्यवस्थापन र औषधी उपचारको कार्यमा संयुक्त सुरक्षा परिचालन गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति नै जारी गरेर प्रभावकारी योजनाको जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाका अनुसार वैठकले बाढीबाट प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रमा नेपाली सेना, प्रहरी कर्मचारी, सशस्त्र प्रहरी बल, ३ सयको हाराहारीमा परिचालन गरिएको छ ।
१ गते अबिरल बर्षाका कारण जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकुते भन्दा ५ सय मिटर माथि आएको भिषण पहिरोको कारण मेलम्ची नदि थुनिएर बाँध फुटेपछि हेलम्बु र मेलम्ची क्षेत्रमा दर्जनौ ज्यान जानेगरी मानवीय र भौतिक क्षति हुन पुगेको थियो ।
घटनामा विस जना व्यक्तिहरु हाल सम्म सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जस मध्ये ३ जनाको शव फेला पारिएको समेत प्रशासनले जनाएको छ । यसबीचमा चारजना व्यक्ति भने उदार पछि सम्पर्कमा आएका छन् । बाढीबाट हेलम्बुमा आधा दर्जन झोलङ्गे तथा पक्की पुल र मेलम्ची तिपेनी जोडिने पक्की पुल पूर्ण रुपमा नष्ट भएको विवरण उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यलयको तथ्याङ्कमा हालसम्म हेलम्बु र मेलम्चीमा गरी ४ भन्दा बढी घरधुरी विस्थापित भएका छन् । विस्थापितहरुलाई गृह मन्त्रालयको अनुरोधमा विश्व खाद्य कार्यक्रम, बागमति प्रदेश सामाजिक विकास मन्त्रालय, श्रीकृष्ण प्रणामी नवदुर्गा पार्टी प्यालेस, जिल्लाका सांसद तथा पार्टीका नेताहरुले खाद्यन्न, लत्ताकपडा र औषधी उपचार लगाएत सामग्रीहरु उपलब्ध गराईएको समेत प्रशासनले उल्लेख गरेको छ ।
विभिन्न सहयोगी संघ संस्थाहरुले प्रदान गरिएको राहत सामाग्री भण्डारण गरि पालिकाको समन्वयमा वितरण गरिएको समेत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।