मेलम्चीको वितण्डा रोकिएन, जनता अझै त्रासमा, वेपत्ताको खोजी जारी (नामलिष्ट सहित)

दिनेश दुलाल
असार ३, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खोलामा मंगलबार राति आएको भिषण बाढीको वितण्डा रोकिएको छैन । जनता अझै त्रासमा बाँचेका छन् । खोलाले बस्ती नै जोखिम हुनेगरी कटान गर्न थालेपछि विस्थापितको संख्या बढ्न थालेको छ । खोला आसपासका जनता आफ्नो थातथलो छाडेर सुरक्षित गन्तव्य तिर लागेका छन् । किउलकी सुभद्रा गिरीका अनुसार त्याहाँका प्रभावितहरु त्रासका कारण रातभर जागरम बसेका छन् ।

अहिले सम्म प्राप्त समाचार अनुसार हेलम्बु गाउँपालिकाको चनौटे र ग्याल्थुममा १००, तिम्बु, किउलमा ८० र मेलम्ची बजार तथा तालामाराङ गरी १ सय ९० घर विस्थापित भएका छन् ।
लेदोका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ, सदरमुकाम चौतारा जोड्ने पुल लगाएत ३ वटा मोटरवेल पुल पूर्ण रुपमा क्षति भएको छ ।

प्रारम्भिक अनुमान अनुसार त्यस क्षेत्रमा अरबौंको क्षति भएको छ । तीन दिन देखीको बाढीको त्रास अझै रहँदा उदारमा कठिनायी देखिएको छ ।
मानवीय क्षतिको एकिन विवरण अझै प्राप्त हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा दर्जनौं वेपत्ता भएपनि ७ जनाको मात्रै विवरण प्राप्त भएको छ । मेलम्ची खानेपानी आयोजनाको ड्याममा तीन चाईनिज, तीन भारतीय र दुई नेपाली गरी ८ जना हराएपनि त्याहाँ के कति मानीय क्षति भयो भन्ने कुरा यकिन हुन सकेको छैन् । मेलम्ची तिम्बु सडकका ठाउँ ठाउँमा पुल बगाएको र कटानका कारण उदारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश सापकोटाको भनाई छ । उनका अनुसार वत्ती र नेटओर्कको समस्याका कारण सम्पर्क प्राय विच्छेद भएको छ ।

यद्यपि सेनाको १०० भन्दा माथिको विशेष टोली सबभन्दा बढी क्षति पुगेको हेलम्बु आसपासमा पुगेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मेलम्ची बाढीका कारण वेपत्ता भएकाहरुको विवरण दिए अनुसार ७ जनाको नाम तथा ठेगना प्राप्त भएको छ । जस अनुसार हेलम्बु–२ किउलका ३१ वर्षीय माधव भण्डारी, सोहीका ४२ का गणेश ज्योती, पाल्चोक शेराकी ६६ वर्षीय टिकामाई खड्का, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, वडा नम्बर ७ चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, सोहीका ५० वर्षीय च्याङबा तामाङ र उनकी ४८ वर्षीय श्रीमति काली तामाङ वेपत्ता भएका हुन् । वेपत्ता भएका मध्ये दुुईजनाका सव प्राप्त भएपनि पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

मेलम्चीमा भने विस्थापितहरुलाई नगरपालिकाले बास तथा खानपिन लगाएतको व्यवस्थापन गरिरहेको छ ।
घटना स्थलमा सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, पूर्वमन्त्रीहरु तथा विभिन्न राजनैतिक दलका नेता कार्याकर्ताहरु निरक्षिणको लागि हिजो पुगेका थिए । सभामुख सापकोटाले उदार र क्षतिको विवरण संकलन गर्न जोड दिएका थिए ।
यसैबीच हिजै जिल्ला विपद व्यवस्थापन समितिको वैठकले विस्थापितहरुको उद्वार, वेपत्ताको खोजि तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । त्याहाँ विभिन्न संघसंस्थारुले सहयोग पु¥याएका छन् ।