
चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग

असार ३, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले बाढीबाट प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाले मेलम्ची बाढी पीडितहरुका लागि बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई रु ३÷३ लाख सहयोग गर्ने निर्णय भएको नगरपालिकाका मेयर अमानसिं तामाङले जानकारी दिए । विपद्को घडिमा ति पालिकाहरुलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको उनले बताए ।
उनका अनुसार नगरपालिका अन्तर्गत नगर बिपद ब्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । गत साल पनि नगरपालिकाले बाढी र पहिरोबाट प्रभावित बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकमालाई क्रमशः रु ३ लाख र २ लाख सहयोग गरेको थियो ।