मेलम्ची खोलाको बितण्डता, दर्जनौं वेपत्ता, करोडौंको क्षति
असार १, मेलम्ची (सिन्धुपाल्चोक) । आज साँझ अचानक आएको मेलम्ची खोलाले ठूलो जनधनको क्षति भएको छ । बाढीले दर्जनौं वेपत्ता बनाउनुका साथै करोडौंको क्षति बनाएको छ ।
हेलम्बु गाउपालिका ६ बोर्लाङामा च्याङा तामाङको घर गोठ गाइभैसि नै बगाएको । र घरमा रहेको ५६ बर्षका एक पुरुषलाइ बगाएको छ भण्डारी रिसोर्ट तथा ट्राउट फर्म संगै ३ जना बगाएको अपुष्ट समाचार आएको छ । रातो पुलबाट एकजना बाढीले व्यपत्ता बनाउनुको साथै त्याहाँको माछा फर्म पनि बगाएको छ । हल्देको बस्ती नै बगाउँदा एकजना वेपत्ता भएको स्थानीय सुभद्रा गिरीले जानकारी गराईन । तिम्बुमा ७ घर क्षति हुनुको साथै तिम्बु भन्दा केही तल रहेको हल्दे पुल समेत बगाएको अपुष्ट जानकारी प्राप्त भएको छ । यद्यपि घटनाको आधिकारिक जानकारी भने यो समाचार तयार पार्दा समेत पुष्टि भएको छैन् । गाउँपालिकाकी कर्मचारी समेत रहेकी सुभद्रा गिरीका अनुसार पानीको बहाव बढेपछि प्रहरी चौकीमा कार्यरत प्रहरी भने नजिकै रहेको मेगा बंैकमा सुरक्षित बसीरहेका छन् । बाढी चनौटे बजार पसेको थियो ।
यसैबीच बाढीका कारण हराएका भनिएका एक शसस्त्र प्रहरी जवान सम्पर्कमा आएका छन् । घटनाको एकिन जानकारीको लागि हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासंग बुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।
बाढीका कारण जनधनको क्षति भएको अपुष्ट समाचार पाएपनि के कति क्षति भएको भन्ने कुरा यकिन नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले सिन्धुज्वालालाई जानकारी दिए । घटना राती घटेकाले प्रहरी समेत त्याहाँ पुग्न नसकेको उनले बताए ।