स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गरिएको अभियोगमा सञ्चारकर्मी पक्राउ

जेठ ३१, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका महिला स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गरिएको भन्दै एक सञ्चार कर्मी पक्राउ परेका छन् । सरोकार टेलिभिजनमा कार्यरत बाह्रबिसे नगरपालिका–३ का रामचन्द्र बस्नेतलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्राउ गरेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रका कार्यरत महिला स्वास्थ्यकर्मी रहेको प्राइभेट कोठामा ड्रोन उडाएर भिडियो खिचिएको अभियोगमा जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले सिन्धुज्वालालाई बताए ।
‘उनलाई बयान पछि कसुरको आधारमा कानुनी कारवाही हुन्छ’, प्रनाउ सापकोटाले भने । प्रनाउ सापकोटाका अनुसार पत्रकार बस्नेतलाई सार्वजनिक अभद्र व्यवहार सम्बन्धी मुद्दा दायर गरिएको छ । उक्ता मुद्दा प्रमुख जिल्ला अधिकारीबाट फैसला हुने उनले बताए ।

उनका अनुसार अभद्र व्यवहार सम्बन्धी कसुरमा दोषी ठहरीय बढिमा ३ महिना सम्म कैद अथवा १० हजार सम्म ढरौटी तोकिने प्रावधान रहेको छ । बढीमा एकसाताको म्याद थपेर बयान लिने र जिल्ला प्रशासन कार्यालय चौतारामा पेश गरिने उनले बताए । बस्नेत विरुद्व बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रकी मेडिकल ईन्चार्ज डा.अनुपमा थापाले २४ गते ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी दिएकी थिईन । प्रहरी निरिक्षक देवेन्द्र बहादुर शाहको टोलीले हिजो पँलातीबाट बस्नेतलाई पक्राउ गरेको थियो । घटना भएको समयमा सञ्चारकर्मी बस्नेतलाई नेपाली कांग्रेसका क्षेत्रीय नेता बालकृष्ण बस्नेले आफ्नो गाडिमा अस्पताल सम्म पु¥याएका थिए । बस्नेत समेत संलग्न रहेको केहीको आरोप छ । यद्यपि नेता बस्नेतले भने आफ्नो उक्त घटनामा कुनै संलग्नता नरहेको बताएका छन् । उनी विरुद्व जाहेरी समेत परेको छैन् । सञ्चारकर्मी बस्नेतलाई पक्राउ गरेपछि उनी बाह्रबिसेमै देखा नपरेको त्याहाँका एक स्थानीयले सिन्धुज्वालालाई बताए ।