माओवादी केन्द्रका नेताद्वयद्वारा चौतारा अस्पताल तथा आईसोलेसनको निरिक्षण

जेठ २१, चौतारा (सिन्धुपाल्चोक) । माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ तथा केन्द्रीय सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री युवराज दुलला ‘शरद’ले चौतारा अस्पताल तथा आईसोलेसनको निरिक्षण गरेका छन् ।
पूर्व सामाजिक विकास मन्त्री दुला लगाएत नेताहरुले चौतारा अस्पतालको अहिलेको अवस्थाको बारेमा जानकारी लिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले सिन्धुज्वालालाई जानकराी दिए ।
चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थपना हुने भएपछि सोही योजनाको बारेमा समेत छmलफल भएको चापागाँईले बताए ।
‘उहाँहरुको फोकस चाँही अक्सिजन प्लान्ट स्थपना गर्ने सन्दर्भमा रहेको पाईयो’, जनस्वास्थ्य अधिकृत चापाँगाईले भने । सरोकारवालाहरु संगको भेटघाटमा अक्सजिन प्लान्ट काहाँ कसरी राख्ने भन्ने सन्दर्भमा भौतिक अवलोकन सहित छलफल भएको उनले बताए । अक्सिन प्लान्ट स्थपना गर्दा पाईप लाईन जडान गर्नु पर्ने भएकोले ठाउँको अभावका कारण वैकल्पिक व्यवस्थाको समेत खोजि भएको उनले बताए । छनौटको प्रक्रियामा गईसकेकोले प्लान्ट स्थापना चाँढै हुने उनले बताए । उनका अनुसार प्लान्ट स्थापना गर्न चौतारा अस्पतालको ओपिडी कक्ष नभए अर्को छुट्टै संरचना बनाउने बारेमा छलफल भएको हो । छलपलका क्रममा नेता सापकोटा तथा पूर्व सामाजिक विकास मन्त्री दुलालले अक्सिजन प्लान्ट स्थापनका लागि चौतारा अस्पताललाई आवश्यक तयारी गर्न सुझाब दिंदै आफुले समेत सहयोग गरिने बचन दिएका थिए । उक्त प्लान्ट स्थपना गर्नका लागि संघीय सरकारबाट ७५ लाख छुट्याईए पनि सामाजिक विकास मन्त्रालय मार्फत नै ठेक्का अगाडि बढिसकेको उनले जानकारी दिए । सभामुख अग्नि सापकोटाको विशेष पहलमा भएको उक्त योजनामा सभामुख सापकोटाले सांसद विकास कोषबाट १५ लाख प्रदान गरेका थिए । भेटघाट तथा छलफलमा चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी श्रेष्ठ, जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँई, मेडिकल सुपरीडेन्डेट डा. करुणा बज्रचार्य लगाएत जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
यसैबीच सोही अवसरमा नेताद्वोयले फिल्डट्रेनिङ सेन्टरमा रहेको आईसोलेसनमा रहेका विरामीहरुको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।