वडाअध्यक्ष नै गैरसरकारी संस्थाको जागिरे
निर्मल बस्नेत
जेठ २०, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाका एक जनप्रतिनिधि नै एक गैरसरकारी संस्थाका जागिरे भएका छन् । सवाल हो, नगरपालिका वडा नं ९ कदमबासको । २०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनवााट वडा अध्यक्षमा निर्वाचित विष्णु लामा मित्रता संघ (वालगृह) को व्यवस्थापकको रुपमा जागिरे भई मासिक तलव बुझ्दै आईरहेको पाईएको छ ।
मित्रता संघ (वालगृह) मा २३ जना वालिकाहरु राखी व्यवस्थाकले मासिक ३० हजार सेवा सुविधा लिदै आईरहेको खुलेको छ । वालवालिकाको खाना बस्नको व्यवस्थापन संस्थाले गरेपनि पठनपाठन भने गोल्मादेवी माविमा हुँदै आएको छ । लामोसमयदेखी निरन्तर रुपमा लामा व्यवस्थापक भई काम काज गर्दै आएको स्थानीयको भनाई छ । लामाले सार्वजनिक पदधारण गरेपछि दोहोरो सुविधा लिन नपाईने कानुनी प्रावधान छ । उनी वडाअध्यक्ष भएपश्चात सार्वजनिक पद छोड्न पर्ने अवस्थामा पदीय हैसितनै बिर्सिएर जागिर खाईरहेको स्थानीय भनाई छ । संस्थाको अध्यक्ष हरी चन्द्र भारती पनि लामाले व्यवस्थापक भए वापतको सेवासुविधा निरन्तर लिदै आईरहेको स्वीकार गर्छन् ।
भारतीले बताए अनुसार उक्त वालगृहमा बिदेशी दातृसंस्था अस्टे«लियन नेट फर फिड्स र चौतारासाँगाचोकगढी नगरपालिकाले सहयोग गर्दे आईरहेको छ । यसरी आउने सहयोगहरु लामाले आफ्नो मनोमानीमा खर्च गर्दै आईरहेको, वालवालिकालाई दिन भनि उत्पादन गरिएको पोखरेली चामल अन्तै बेच्ने गरिएको र उनीहरुलाई बोराको चामल खरिद गरी खुवाउँदै आएको स्थानीय दुर्गा गिरिले जानकारी दिए । अन्यायमा परेकाहरुलाई न्याय दिन भनि खडा गरिएको संस्थालाई मागिखाने भाँडो बनाएको उनको आरोप छ । यस संस्थाको भवनमा उनले समय समयमा भोजभतेर समेत लगाउने गरेको उनको दावी छ ।
गिरीका अनुसार लामाले यो भन्दा बाहेक २०७२ बैशाख १२ को भूकम्पमा १ करोड पचास लाख सहयोग आएकोमा १२ सय थान सिल्पीङव्याग ल्याउँदा २ सय ५० वटा वितरण गरी बाँकी कहाँ लगे पत्व नपाईएएको उनको ठहर छ । उनका अनुसार सभामुख अग्नि सापककोटाको सांसद विकास कोषको १० लाख योजनामा आफ्नै भाईलाई समितिमा राखी योजनाको पैसा समेत हिनामिना गरेका छन् । लामाले कोभिड–१९ को महामारीमा समेत स्थानीयलाई केहि सहयोग नगरेको उनले आरोप लगाएका छन् ।
यस सन्दर्भमा वडाअध्यक्ष लामासंग फोन सम्पर्क गरेर बुझ्दा उनले आफुले सहयागी निकायहरु खोजी गर्ने र प्रतिवेदन तयार गरेवापत संस्थाको निर्णयअनुसार निश्चित रकम मात्र लिने गरेको बताए । २०६८ सालदेखी संस्थाको मेनेनजर निरन्तर रहेका लामाले आफुले संस्थाको नियम अनुसार नै सेवा सुविधा लिएको जिकिर गरे ।
स्मरण रहोस २०५६ सालमा अष्ट्रेलियन प्रोजेक्ट नेट फर फिड्स संस्थाले स्थापना गरेको मित्रतासंघमा लामा सहित ३ जना कर्मचारी कार्यरत छन् ।