इन्द्रावती ९ का मजदुरहरुको साहारा बन्दै लामा

रबिन राई
जेठ १९, भोटसिपा सिन्धुपाल्चोक । युवा संघ नेपालका केन्द्रीय सदस्य एवं समाजसेवी लायुरलामा काठमाडौमा ज्यालादारी गर्ने मजदुरहरुको सहारा बनेका छन्।
लामाको पहलमा निषेधाज्ञा प्रभाबका कारण काठमाडौंमा ज्यालादारी गर्ने मजदुरहरुलाई आवश्यक खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
स्थाइ बसोबास इन्द्रावती ९ मा भई कामको शिलशिलामा काठमाडौंमा ज्याला मजदुर गर्नेहरुको निम्ति राहत प्याकेज वितरण गरिएको युवा संघ नेपालका केन्द्रीय सदस्य एवं समाजसेवी लायुर लामाले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार निषेधाज्ञाको प्रत्यक्ष प्रभावित काठमाडौंमा बसोबास गर्ने वडा बासिहरुका निम्ति वडा अध्यक्ष बाबुराम लामा सँगको समन्वयमा राहत वितरण गरेको हो । यदि कुनै त्यस्तो समस्या परेमा सम्पर्क गरिदिनु हुन लामाले आग्रह समेत गरे । वडाबासिहरुका निम्ति हरकदम सहयोगका निम्ति अग्रपंक्तिमा लगिरहने लामाले प्रतिवद्वता समेत जनाए ।