
सिगात्से नगरपालिकाद्वारा छिमेकी गाउँपालिका भोटेकोशीलाई स्वास्थ्य सामाग्री प्रदान

जेठ १६, तातोपानी (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र सिगात्से नगरपालिकाद्वारा भोटेकोशाी गाउँपालिकालाई स्वास्थ्थ सामग्री प्रदान गरिएको छ ।
नेलम काउन्ट्री अन्र्तगत सिगात्से नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भोटेकोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले सिन्धुज्वालालाई बताईन ।
उनका अनुसार शुक्रबार सिगात्से नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई मेडिकल मास्क २० हजार पिस, एन ९५ मास्क २ हजार पिस, पिपिई सेट ५ सय पिस, ग्लोब्स ५ सय पिस, मेडिकल रबर ग्लोब्स ८ सय पिस र सेनिटाईजर ४ सय ३७ बोतल सहयोग गरिएको उपाध्यक्ष शेर्पाले बताईन ।
सिगात्से नगरपालिकाद्वारा प्राप्त भएको स्वास्थ्य सामग्री सबै वडाहरुमा वितरण गरिएको शेर्पाले बताईन ।
उनका अनुसार भोटेकोशी गाउँपालिकामा कोभिड–१९ नियन्त्रण अभियानमा प्रभावकारी योजना बनाईएको छ । जसअनुसार सबै वडाहरुमा अक्सिजन सहित आईसोलेसन वार्डहरु निर्माण गरिएको उपाध्यक्ष शेर्पाले बताईन ।
स्मरण रहोस भोटेकोशीमा अध्यक्ष, उपाध्यक्ष लगाएत स्वाथ्यकर्मी सहितको टोलीले गाउँ गाउँमा पुगेर स्वास्थ्य सामग्री वितरण तथा कोभिड संक्रमितहरुलाई घर घरमै पुगेर सहयोग तथा हौसला प्रदान गरिरहेको छ ।