पत्रकार माहासंघ सिन्धुशाखाद्वारा १ सय ४२ थान अक्सिजन सहितको सिलिन्डर वितरण

जेठ १५, चौतारा (सिन्धुपाल्चोक) । नेपाल पत्रकार महासंघ सिन्धुशाखाले अक्सिजन अभाव झेलीरहेका जिल्लाको संक्रमितहरुको लागि १ सय ४२ थान अक्सिजन सहितको सिलिन्डर उपलब्ध गराएको छ ।
महासंघले सुनसरी पुगेर उक्त मात्रको अक्सिजन सिलिन्डर भरी आज नै चौतारा ल्याईसकिएको सिन्धुशाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘महामारी र महासंकटलाई परास्त गर्न एक आपसको समन्वय र सहकार्यलाई शीरोधार्य गर्नुको विकल्प छैन, त्यहि भएर यो अभियान थालेका हौं’ अध्यक्ष श्रेष्ठले भने । माहासंघले आज वितरण गरिएको भरी सिलिन्डर डिसिसिएमसीलाई ९२ थान, चौतारा अस्पताल र सदाबहार अस्पताल खाडीचौरलाई २५÷२५ थान उपलब्ध गराईएको उनले बताए । जिल्लाका संक्रमित पत्रकारहरुको उपचारमा सजता, समन्वय र सहयोग गर्ने हेतुले स्थापित ‘महासंघ कोभिड १९ राहत कोष’ मा संकलित रकमबाट सामाजिक दायित्व महासंघले निर्वाह गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । मानवताको पक्षमा, कोभिड विरुद्धको महासंग्राममा आफैले आफैका लागि मात्र सोच्दा र गर्दा सिङ्गो मानव जातीकै अस्तित्वमाथी आँच आउने भएकाले सानो घेरालाई तोड्दै फराकिलो घेरामा जोड्न लागिएको उनको तर्क छ । माहासंघले पछिल्लो समय जिल्लाका संक्रमित ६ पत्रकार मध्य ३ पत्रकारलाई कार्यविधि अनुसार आर्थिक सहयोग गरि सकेको र बाँकीलाई भोलिसम्म उपलबध गराइने उनले जानकारी दिए । कोभिड भरी जिल्लालाई आवश्यकताको आधारमा माहासंघले आवश्यक सहयोग गर्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्वता जनाए ।
स्मरण रहोस माहासंघले स्थपना गरेको राहत कोषमा हालसम्म १३ लाख भन्दा बढी सहयोग संकलन भईसकेको छ । जसमध्ये ४० प्रतिशत जिल्लामा कोभिडका विरामीहरुलाई आश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने उनले बताए ।