माओवादी केन्द्रको महत्वपूर्ण निर्णय, कोभिड नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता
निर्मल बस्नेत
जेठ १४, चौतारा (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (मोओवादी केन्द्र) सिन्धुपाल्चोकको कार्यालय बैठक सम्पन्न भएको छ । बैठकले कोभिड नियन्त्रण तथा रोकथाम लगाएत महत्वपूर्ण पाँच वटा निर्णय गरेको सो पार्टीले जानकारी दिएको छ । सुकुटेमा बसेको वैठकले कोभिड–१९ विरुद्ध पार्टीलाई परिचालन लगाएत महत्वपूर्ण निर्णय गरिएको पार्टी केन्द्रिय सदस्य एवं बागमी प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । उनका अनुसार वैठकले कोभिड–१९ कोरोना संक्रमण, रोकथाम, उपचार र नियन्त्रणका लागि जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा क्रियासिल राजनैतिक दलहरु, सर्वदलीय र सर्वपक्षीय संयन्त्र गठनका लागि अपिल गर्ने निर्णय गरेको छ । वैठकले पूर्व सामाजिक विकासमन्त्री एवं मानीय सांसद युवराज दुलालको संयोजकत्वमा जिल्ला कोभिड स्वास्थ्य ईकाई गठन तथा वडा स्तर सम्म निर्माण गरिने सो पार्टीले जनाएको छ । यस्तै वैठकले जिल्ला स्तरीय राहत कोष निर्माण गर्दै पार्टी मातहातका जनप्रतिनिधिहरुले एक महिनाको तलबभत्ता सुविधा अनिवार्य दाखिल गर्नुपर्ने जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए । त्यस्तै वैठकले उपल्लो कमिटि सदस्य सिफारिस तथा स्थानीय पार्टी संगठन पुर्नसंरचना र निर्माणकाा लागि केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज माधव सापकोटाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको समेत उनले जानकारी दिए ।
माओवादी केन्द्रले यसभन्दा अगाडी पनि भिडियो सम्वाद बैठकबाट पनि पार्टी पंतिलाई कोभिड नियन्त्रण तथा समस्यामा परेकालाई सहयोग गर्न परिपत्रसमेत गरेको थियो ।
विगतको भूकम्प, बाढी, पहिरो र महामामारीमा समेत माआवादी सिन्धुपाल्चोक अग्रभागमा रहेर आम सिन्धुवासीलाई सहयोग गर्दै आईरहेको पार्टीले जनाएको छ । । पार्टीको बैठकवाट पार्टी कमिटीका सम्पूर्ण सदस्यहरुलाई आ–आफ्नो ठाउँवाट उच्च स्वास्थ्य सुरक्षा अपनाएर जनसेवामा लाग्ने निर्देशन गरिएको पार्टीका बागमति सचिवालय सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए ।
यस्तो छ प्रेस वक्तव्य