पार्टीको हित विपरित कार्य गरेको भन्दै जनप्रतिनिधिलाई कारबाही
जेठ १४, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले पार्टी हित विपरित कार्य गरेको भन्दै एकजना जनप्रतिनिधिलाई कारवाही गर्न सिफारिस गरेको छ ।
माओवादी केन्द्रले कारबाहीका लागि सिफारिस गरेका चौतरा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विष्णु लामा हुन् । उनी माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । लामा पछिल्लो पटक नकपा(एमाले) ओली समुहको सांगठानिक गतिविधिमा संलग्न भएको भन्दै माओवादी केन्द्रले कारवाहीको लागि सिफारिस गरेको हो ।
जिल्ला अध्यक्ष गोवन्द पराजुलीद्वारा हस्तारित केन्द्रलाई गरिएको सिफरिस पत्रमा भनिएको छ–‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला अन्र्तगत चौ.सा.गढी नगरपालिका सचिवालय सदस्य विष्णु लामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ९ को वडाअध्यक्ष पदमा यसै दलको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् । २०७५ जेठ २३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको केही बर्षमै सर्वोच्चको फैसलाले अलग–अलग पार्टी बनेर नेकपा (माओवादी) केन्द्र ब्युँतिए पछि पनि विष्णु लामा नेपाल कम्यृुनिष्ट पार्टी ( माओवादी) केन्द्रको तर्फबाट वडा अध्यक्ष र राजनैतिक दलको प्रतिनिधित्व गर्न पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राजनीतिक गतिविधिमा संलग्न भएकोले २०७७ चैत्र ६ गते जिल्ला पार्टीको प्रथम विस्तारित वैठकले निर्णय अनुसार विष्णु लामालाई ४८ घण्टाको स्पष्टीकरण पत्र पत्रचार गरियो’, भनिएको छ ।
उक्त स्पष्टीकरणको जवाफ नदिई लामाले निरन्तर एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै कारवाहीको सिफारिस गरेको जनाएको छ ।
जिल्ला पार्टीले राजनीतिक दल सम्बन्धी नियमावली अनुसार जनप्रतिनिधिबाट निस्काशन गर्न सिफारिस गरिएको जिल्ला पार्टीले नेपाल कम्युनिष्ट बागमति प्रदेश कमिटि र निर्वाचन आयोगलाई वोधार्थ पठाईएको छ ।
यस्तो छ सिफरिस पत्र