जनता बचाउन मेयर तामाङले लिए रणनीति, ३० हजार नगरबासीलाई खोप लगाईने
दिनेश दुलाल
जेठ १४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ दुई साता अघि कोरोना संक्रमित थिए । कोरोना (नयाँ भेरिएन्ट) सिन्धुपाल्चोक जिल्लामा छपक्कै फैलिएको थियो । जिल्लामा १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकामा यसको बढी प्रभाव परेको थियो । जिल्ला प्रशासन कार्यालय देखि सबै कार्यालयहरु बन्द थिए । जिल्लाकै जेठो नगरपालिका समेत काम कारवाहीमा प्रभावित बनेको थियो । सदरमुकाम क्षेत्र भएको हुनाले कोरोना रोकथाम तथा नियन्त्रणमा नगरपालिकाले विशेष पहल गर्नुपर्ने थियो । सबै चुनौतिलाई मोलेर आफ्नो दैनिकी काम कारबाहीलाई समेत मेयर तामाङले निरन्तता दिए । तर मेयर लगाएत कार्यालयका केही कर्मचारी समेत कोरोना संक्रमणबाट अछुतो रहन सकेनन् । सुगर, प्रेसर, पाएल्स र कोल्डस्टोरको समस्याबाट ग्रसित मेयरलाई कोरोनाबाट बच्न चानचुने संघर्ष गर्नुपर्ने थिएन । यस्तो अवस्थामा दृढ आत्मबलका साथ उनले कति पनि बिचलित नभई स्वास्थ्य मापदण्ड अपनाएर बरु अरु संक्रमितलाई हौसला प्रदान गरे र कामलाई निरन्तरता दिए । कोभिसिल खोप लगाएका मेयर तामाङले दुईसातामा कोरोनाबाट सजिलै मुक्त भएपछि निकै उत्साहित भए । मेयर तामाङलाई खोप प्रतिको विश्वास बढ्दै गयो र नगरका सबै नागरिकलाई खोप लगाउने योजना अनुसार कार्यापालिकाको बैठक राखे ।
बिहिबार बसेको कार्यपालिकाको वैठकले नगर भित्रका ३० हजार नागरिकलाई आफ्नै खर्चले निशुःल्क खोप लगाउने निर्णय ग¥यो । तर उक्त निर्णय कार्यान्व्यन गर्न चुनौतिपूर्ण थियो किनकी सरकारको स्विकृति बिना खोप खरिद गर्न पाईदैन्थ्यो । निकै निकै अप्ठ्यारोमा परेका मेयर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालको प्रमुख डा. झलक गौतमसंग सम्पर्क गरे । झण्डै झण्डै आफ्नै निर्णय बदर गर्नुपर्ने अवस्थामा पुगेका मेयर लगाएत नगरटिम डा. गौतम संगको कुराकाानी पनि केही आशावादी देखिएका थिए ।
डा. गौतमको सल्लाहअनुसार चिनियाँ खोप भेलोसिल सरकार मार्फत मात्रै आउने भएकोले चीनबाट खोप खरिद गर्न नसकिएको मेयर तामाङले सुनाए । तर ईन्डियाको खोप कोभिसिल हुकाम नामका एजेन्सी मार्फत मात्र आउने आफुले डा. गौतमबाट जानकारी पाएकोले सो को पहल भईरहेको उनले जानकारी दिए । सरकारले खोप उपलब्ध गराउन नसके स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिने वित्तिकै हुकमसंग सम्पर्क गरी ३० हजार खोप खरिद गर्ने गरी प्रक्रिया थालिएको मेयर तामाङले प्रष्ट पारे । ‘हामीले हुकाम नामका खोप ऐजेन्सीसंग सम्पर्कका लागि लागिपरेका छौं’, मेयरले भने । सरकारबाटै स्विकृत लिनु पर्ने भएकोले आवश्यक प्रक्रिया थालिएको उनले बताए । गत साल आफुले ‘कित जनतालाई बास दे कि गाँस दे’ भन्ने अभियान रहेकोमा अहिले कि ‘कि हामीलाई खोप देउ, कि स्विृति देउ’ भन्ने नारा लिएर योजना सफल बनाउन लागिएको उनले बताए । ‘पहिलो जनता जोगाउने अनि विकास गर्ने हो’, मेयरले भने । आफु पाँच किसिमका रोगाट ग्रसित भएर कोरोना संक्रमण हुँदा पनि कोभिसिल खोप लगाएको कारण बाँच्न सकिएको उदाहण प्रस्तुत गर्दै मेयर तामाङले नगर भित्रका ३० हजार नागरिकलाई खोप लगाई छाड्ने प्रतिवद्वता जनाए ।
मुलुक कोभिड–१९ को दोस्रो लहरबाट दिनप्रतिदिन ग्रस्त भइरहेको सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरको बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले नगर भित्रका सबै नगारिकलाई खोप लगाउने निर्र्णय गरिएकोे उपप्रमुख जानुका पराजुलीले जानकारी गरिन । नगरपालिका भित्रका ५१ हजार जनसंख्या मध्ये तत्कालै ३० हजार जनसंख्याका लागि २ डोज कोभिड–१९ को खोप नगरबासीहरुलाई प्रदान गर्न ६० हजार डोज खोप आवश्यक रहेकोे प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद पौडेलले बताए । नगरबासीहरुलाई महामारीबाट जोगाउनको लागि खोप एक मात्र उत्तम विकल्प देखिएकाले सम्भव भएसम्म संघिय सरकारबाट माग गर्ने र सम्भव नभए नगरपालिका आफैले कोभिड–१९ को खोप खरिद गरी नागरिकहरुलाई खोप प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले सुनाए । नगर बैठकले कोभिड–१९ को खोप वा सो खोप खरिदको लागि अनुमति माग समेत गरिसकेको जनाएको छ ।