उद्योग वाणिज्य संघले विभिन्न निकायलाई स्वास्थ्य सामग्री गहयोग ग¥यो

निर्मल बस्नेत÷चौतारा
कोभिड–१९ बाट स्वास्थ्य तथा सुरक्षा अपनाउनको लागि विहिवार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न विकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । यसरी वितरण गरेको निकायहरुमा स्वास्थ्या संस्था, प्रशासनीक निकाय र स्थानीय तह रहेका छन् ।
संघका अध्यक्ष होमबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ , नेपाल हिमालय सिमापार व्यापार संघका बच्चु पौडेल र उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरुको उपस्थीतिमा विहिबार चौतारा अस्पताल,चौतारा साँगाचोकगढी नगरपालिका,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, शसस्त्र प्रहरीबल र गोरख बक्स गण चौतारा,ईन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका,हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई संघले प्रदान गरेको सामग्रीहरुमा सर्जिकल माक्स, केएन् ९५ मास्क,सेनिटाईजर,थमैल गन,अक्सीमिटर,पीपीई सेट र ग्लोव्स रहेका छन् । यसैगरि चौतारामा उपलब्ध पबकारहरुलाई पनि सामग्राी प्रदान गरेको छ । संघले सवै सरोकारवाला निकाय र संघसंस्थासंग सहकार्य गर्दै जाने प्रतिबद्धताकासाथ सहयोगको हातहरु अघि बढाएको हो ।

यसै सन्दर्भमा संघका अध्यक्ष बस्नेतले भने “हामीले हिमालय सिमापार ब्यापार संघसंग समन्वय गरि निरन्तर कोभड–१९ नियन्त्रण गर्न अगाढी बढने छौँ” । उनले महासंघले काठ्माण्डौ क्षेत्रपाटीमा स्थापना गरेको आईसियुलेसनमा जिल्लामा र जिल्लाबासी उपत्यकामा स्वास्थ्य सेवा लिन बाट अभाव झेल्नुपरे र अक्सीजन अभाव परेमा सम्पर्क गर्न समेत आग्रह गरे । स्वास्थ्य सामग्री बुझ्दै झरी पर्दा जसरी ककुखुको माउले चल्लालाई जसरी ढाक्दछ र सुरक्षा प्रदान गर्दछ त्यसै गरि उद्योग बाणिज्य संघले महामारी बखत कुखुराको माउको भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरे ।

संघले बुधबार भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफि गाउँपालिका, सुनकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका र जुगल गाउँपालिकामा आवश्यक स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।
संघले यसभन्दा अघि पनि विभिन्न स्थानमा स्वास्थ्य सामग्री प्रदान गरेको र अझै निरनतर सहयोग गर्ने कार्यक्रम रहेको संघका महासचिब सम्भु तिमल्सीनाले जानकारी दिए