कोरोना कहरमा संस्कार सहितको व्यवहारिक शिक्षाको आवश्यक
हाल सिङ्गो देशभर दोस्रो चरण फैलिएको घातक माहमारी कोरना भाईरस (कोभिड –१९) तथा अन्य किसिमका नयाँ भाइरसबाट निधन हुनु भएका सम्पुर्ण दाजुभाई दिदिबहीनीहरुलाई सर्वप्रथम हार्र्दिक श्रद्घान्जली दिन चाहान्छु । यो भाइरसका कारण प्रत्येक अस्पतालहरुमा बिमारी दाजुभाई दिदिबहीनीहरुलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । मानव जिवनमा संकट पारी रहेको अवस्थामा नेपालको नेताहरुका राजनितीक खिच्चातानी र नेपाल सरकारको असंवैधानिक कदमले गर्दा आम नेपाली दाजुभाई दिदिबहीनीहरुले सास्ती खेपिरहेका छन् । साथै कयौं नागरिकले अक्सिजन अभावले गर्दा मृत्युलाई अङ्गाल्नु परेको छ । यसैगरी सिन्धुपाल्चोक जिल्ला र भोटेकोसी गाउँपालिका पनि कोरनाबाट अछुतो रहन सकेन । यो अवस्थामा म आम नेपाली दाजुभाई दिदिबहीनीहरुलाई सुझावका साथ के आग्रह गर्न चाहन्छु भने कसैले कसैलाई गालीगलौज गरी राजनिति नगरौ । अहिलेको अवस्था भनेको हामी मानवजाती मिलरे कोरना भाइरस (कोभिड –१९) र विभिन्न किसिमका नयाँ भाइरसलाई परास्त गर्नुपर्छ । हामी अझैपनि परनिर्भर र लाचर भएका छौं । त्यसरी एक अर्कोलाई गाली गरेर रोग डराउदैन । के देशी, के विदेशी, के आफनो, के पराई हामी सबै मिलेर आत्मसुरक्षाका लागी गाउँ–गाउँ, बस्ती –बस्ती, टोल–टोलमा हाम्रा क्लव, महिला समुह, कृषी समुह, विभिन्न स्थानीय संघ सस्थाहरु विध्यालय ब्यवस्थापन समिति स्वास्थ्य परिचालिका स्वयमसेवक अगुवा समाजसेवीहरु मिलेर पिसिआर टेष्ट् गराउँ । पोजेटिभ निक्लेकाहरुलाई आफ्नै टोल एरियामा विद्यालय वा कुनै सामुदायिक भवनहरुलाई हाम्रो आ–आफनै तरिकाले सकेको र भएको सामनहरु जुटाउँ । कसैले तन्ना कसैले डस्ना कसैले सिरानी कसैले पलङ कसैले सिरक कसैले भाडाँकुडा कसैले स्वस्थ्यकर्मी सल्लाह अनुसारको बिमारीलाई खानेकुरा उपलब्ध गराउने कसैले सामजिक दुरी कायम गरेर खाना पकाउने कोहि कुरुवा स्वयम सेवक बस्ने कसैले स्थानीय तहका स्वास्थ्य शाखामा र संघ संस्थाहरु सित परामर्स गरी स्वास्थ्य सामग्री उपलब्ध गराउने । कसैले बिमारीहरुलाई उत्साह भरिदिनको लागी र इनर्जी आउने विभिन्न बिधी अपनाउने र टोल टोलमा रहेको स्वास्थ्य परिचालिका बिमारीलाई औषधी खुवाउनका लागी परिचालन गर्ने । यसो गर्नाले हाल भईरहेको मानिसहरुलाई मानसिक तनावबाट मुक्त गर्न सक्छौ । हामी सबैजना शुरक्षित रहन सफल हुन्छौँ । हामीलाई प्राकृतिक प्रकोप र कोरना माहमारीले एकजुट भएर संघर्ष गर्न सिकाएको छ । यसबेला तपाई हामी एक्ला एक्लै बसेर तँछाड् र मँछाड् गरयौ भने यो भन्दा ठुलो भुल अरु कुनै हुने छैन । हामीलाई आफनो सन्तानको आँशु लाग्ने छ । तपाई हामी आ–आफनो जिम्मेवारीबाट पछी हटेर अरुलाई गाली नगरौ अगाडी बडऔँ । अरुलाई तथानाम गाली गरेर आफुले समाज सेवा गरे भने त्यो भनेको राजनिति स्वर्थ लुटने हो त्यसले कसैलाई फाईदा पुराउदैन । अब यो घडीमा ब्यक्ति ब्यक्तिको काँधमा जिम्मेवारी आएको छ । जनतालाई सबैजनाको आवश्यक पर्छ सहयोग पनि लिनु पर्ने हुन्छ । यसमा कस्ले के गरयो ? कसले के गरेन यसको हिसाब किताब पछि गरौला । अहिलेको निकम्मा बनेको सरकारलाई आत्मसुरक्षाका लागी आत्मनिर्भर बनेर देखाउनका सथै तपाई हामी सबै मिलेर ईट्टा जवाफ पत्थरले दिन तयार हुनुपर्छ । के तपाई हामी यसो गर्न तयार छौ । के अब हामी चिच्याएर अर्कोलाई गाली गरेर यो माहमारी हटछ त हटदैन । ‘हगी सक्यो दैलो देख्यो’ भने झैं दैलो देखेर काम छैन् । त्यसकारण तपाई हामीहरुले सोच्ने बेला आइपुगेको छ ।
संस्कार सहितको ब्यवहारिक शिक्षा÷ आत्मनिर्भर नै मानिसको जिवन रक्षा । हामी सबै मिलेर यो अभियान सुरु गर्नका लागी सम्पुर्ण दाजुभाई दिदिबहीनीहरुलाई म एक नागरिकको तर्फबाट बिनम्र अनुरोध गर्दछु । धन्यवाद ।
(लेखकः माओवादी केन्द्रका जिल्ला नेता तथा ट्याङथली माध्यामिक विद्यायल व्यवस्थापन समितिका अध्यक्ष समेत हुन)