´त्याे पर्दैन `
जनताको गाँस बास शिक्षा,स्वास्थ्य
रोजगार को ग्यारेन्टी गर्नै पर्दैन
मरे मरोस जनताहरु अक्सिजन्को सिलिन्डर भर्नै पर्दैन
जे जस्तो महामारी चले पनि
मरे जनता मर्छन हामी नेता मर्नै पर्दैन!
जति बजेट झ्वाम पारे पनि हुन्छ
जनताको लागि बिकास गर्नै पर्दैन
मरिहत्ते गर्ने हो कुर्सिको लागि त
अलिकति पनि पछि सर्नै पर्दैन
भुकम्प आएर के भो त
जनताको झुपडी भत्किन्छन
हामिलाइ केही फरक पर्दैन
कोरोनाको महामारी फैलिएर के भो त
महामारिमा जनता पर्छन हामी नेता पर्दैन!
चुनाव को लागि त तु हेलिकप्टर पाइन्छ
जनता मर्न लाग्दा त एम्बुलेन्स पनि पठाउनु पर्दैन
समयमै अस्पताल र उपचार नपाएर त जनता मर्छन हामी नेता मर्नै पर्दैन
नियम कानुन सबै कागजमा लेखे पुग्छ
जनतसामु लागू गर्नै पर्दैन !
जनताले काध थाप्छन तेहि काध चढेर
हामी माथि माथी जाने हो तल झर्नै पर्दैन
बेला बेलाको कालो झन्डा र आन्दोलन ले
हामिलाइ केही फरक पर्दैन
कुर्सी समातेरै बस्ने हो
अलिकति पनि सर्नै पर्दैन
ज्यानमुद्दा नै खेपेको किन नहोस
जेल परेको भए पुग्छ,मन्त्री बन्न पाइन्छ
जनताले स्वीकार्नै पर्दैन !
अन्तर्राष्ट्रिय सम्बन्ध जेसुकै होस
जनतालाइ भ्रम सिर्जना गर्न पाए हुन्छ
केही स्पष्ट पार्नै पर्दैन
जसरी हुन्छ बचाउने हो कुर्सी र पद
जनभावना को कदर गर्नै पर्दैन
जे जे भनिएका छन,जेजे लेखिएका छन
नियम,कानुन,ऐन,धारा,दफा उपदफा
ती सबै कागजमा सिमित हुन
हामिले सपथ खादा पनि प्रतिज्ञा गर्नै पर्दैन
तेसैले त त्यो पर्दैन!