‘अक्सिजनको अभावले सिन्धुपाल्चोकका जनता मर्ने दिने छैनौं’, पूर्वमन्त्री बस्नेत
जेठ ७ , बाह्रबिसे (सिन्धुपाल्चोक) । पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोभिड–१९ का कारण सिन्धुबासी कसैले अक्सिजन नपाएर मर्न नपर्ने बताएका छन् ।
सिन्धुपाल्चोकमा संचालन हुने कोभीड–१९ उपचार केन्द्रको लागि सामाग्री सहित बाह्रविसे आईपुगेका बस्नेतले जिल्लाका सञ्चारकर्मीहरुको भेटमा उक्त धारणा राखेका हुन् । ‘सिन्धुपाल्चोकका जनता अक्सिजनका कारण अब मर्ने अवस्था आउने छैन’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता बस्नेतले भने ।
मन्त्री बस्नेतको पहलमा १ सय थान सिलिन्डर, बेडहरु, माक्स, सेनीटाईजर लगाएत सामाग्रीहरु बाह्रबिसे आईपुगको हो ।
अक्सिजन अभावका कारण जनताको अकालमा ज्यान निरन्तर जान थालेपछि जिल्लामा अक्सिजन सहितको १०० बेडको निःशुक्ल कोभीड–१९ उपचार केन्द्र संचालन गर्न लागेको मन्त्री बस्नेतले बताए । एकीकृत उपचार केन्द्र भने नगरी जिल्लाका ७ स्थानमा स्वास्थ्य सामग्री पु¥याएर सञ्चालनमा ल्याईने उनले बताए । केन्द्रीत कोभिड उपचारकेन्द्र निर्माण गर्दा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको अभाव तथा जनतासम्म स्वास्थ्य सेवा पु¥याउन नसकिने देखिएकोले विकेन्द्रीत गर्न लागिएको नेता बस्नेतको तर्क छ । जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले बाह्रविसे र खाडिचौरमा गरी एक सय बेडको कोभिड १९ सेवा केन्द्र स्थापना हुने छ । त्यस्तै चौतारा असपताल, मेलम्ची प्रार्थमिक स्वास्थ्यकेन्द्र, ऐंसेलुखर्क र जलविरे लगाएत सेवा केन्द्रहरुमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले बताए । कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्ररुमा सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने योजना रहेको नेता बस्नेतले बताए ।
उनका अनसार आवस्यकता अनुसार कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने योजना छ । यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको खुलासा गरे । कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप समेत उपलब्ध गराएको बताए । ‘जुन गाडी पछि मैले फिर्ता लिदिन बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने उनको धारणा छ । ।
यसैबीच सिन्धुपाल्चोकमा अक्सिजन प्लाण्ट समेत स्थापना हुने भएको छ । सुनकोसी गाउँपालिकाको अगुवाइमा विभिन्न संघ सस्थाको लगानीमा एक महिना भित्र अक्सिजन प्लाण्ट स्थापना हुन लागेको हो । सुकुटेमा प्लाण्ट स्थापना हुने तयारी सुरु भएको छ । पूर्वसन्चार मन्त्री बस्नेतको सक्रियतामा प्लाण्ट स्थापना हुन लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।