
पत्रकार महासंघले ग¥यो यस्तो निर्णय, राहत कोषको ४० प्रतिशत संक्रमित जनताको उपचारमा

जेठ ६, चौतारा (सिन्धुपाल्चोक) । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले कोभिड–१९ पत्रकार महासंघ राहत कोषमा जम्मा भएको ४० प्रतिशत रकम कोरोनाबाट संक्रमित सर्वसाधारणको उपचारमा खर्च गर्ने भएको छ ।
माहासंघ जिल्ला कार्यसकितिको बुधबार बसेको बैठकले राहत कोषमा विभिन्न व्यक्तिबाट संकलन भएको रकम कोभिड–१९ बाट संक्रमित सर्वसाधारण जनताको स्वास्थ्य उपचारार्थ लगाएत क्षेत्रमा खर्च गरिने माहासंघका जिल्ला अध्यक्ष जीवन प्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार माहासंघले स्थपना गरेको राहत कोषमा बुधबार सम्म १२ लाख २० हजार २७ रुपैया जम्मा भएको छ । उक्त रकम संकलनको लागि सिन्धुपाल्चोक, काठमाडौं उपत्यका तथा रोजगारकिो शिलशिलामा विदेशमा रहने विभिन्न व्यक्तित्वहरुले सहयोग प्रदान गरेका थिए ।
‘कोषमा जम्मा भएको रकमको ४० प्रतिशत कोभिड–१९ बाट संक्रमित हुने सर्वसाधारण जनताको स्वास्थ्य उपचारका लागि खर्च गर्नेछौं’, शाखा अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार माहासंघले ४० प्रतिशत तोकिएको उक्त रकमले पालिका केन्द्रीत अक्सिजन प्लान्ट स्थापना गर्न जिल्लाका सबै स्थानीय तह सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै सर्वसाधारण जनताको लागि अक्सिजन, माक्स, सेनीटाईजर लगाएत आवश्यकताका आधारमा खर्च गर्ने समेत बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले कोष निर्माणको सञ्चालन सम्बन्धी कार्यविधि पास गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिएमसी) लाई एकसय थान सिलिन्डर उपलब्ध गराउने, माहासंघलाई उपलब्ध भएको सवारीसाधनको प्रयोग तथा कोरोना उपचारार्थ पत्रकारलाई सहयोग लगात महत्वपूर्ण निर्णय गरिएको जिल्ला शाखाका अध्यक्ष श्रेष्ठले बताए । माहासंघको राहत कोषमा सहयोग गर्ने दाताहरुलाई अध्यक्ष श्रेष्ठले धन्यवाद दिए ।
कोरोनाबाट मृत्यु हने पत्रकारका परिवारलाई ५० हजार
माहासंघले जिल्ला शाखाका कुनै सदस्यको कोरोनाका कारण मृत्यु भएमा तिनका परिवारलाई ५० हजार सहयोग गर्ने भएको छ । सञ्चालन कार्यविधि समेत निर्माण गरेर कोभिड–१९ पत्रकार माहासंघ राहतकोष स्थापना गरेको जिल्ला शाखाले कोभिड–१९ बाट संक्रमित भई अस्पतालमा उपचारार्थ पत्रकारका लागि २० हजार आर्थिक सहयोग तथा आवश्यकताका आधारमा स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यविधिले किटान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै होम आईसोलेसनमा बसी उपचारार्थ पत्रकारलाई १० हजार आर्थिक तथा आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिने उनले जानकारी दिए ।
त्यसैगरी राहतकोष कार्यविधिमा उल्लेख भएअनुसार पत्रकारका श्रीमति, बालबच्चा, वा आमाबाबु मध्य कसैको कोभिडबाट मृत्यु भएमा साहानुभूतिपूर्वक सहयोग प्रदान गर्ने छ ।
यस्तै कार्यविधिमा कोरोना माहामारी बीच पनि पत्रकारितामा सक्रियतापूर्वक लाग्ने पत्रकारलाई क्रियासिलताको मूल्याङकनको आधारमा विपद पत्रकारिता पुरस्कार तथा कोभिड–१९ र लकडाउनका कारण खाद्यन्न अभाव झेलिरहेका पत्रकारका लागि खाद्यन्न सामाग्री समेत प्रदान गरिने उल्लेख छ ।
पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले स्थपना गरेको राहत कोषमा एक सातामै १२ लाख भन्दा माथि रकम जम्मा भएको हो । सहयोग गर्ने दाताहरुको अझै प्रतिवद्वता आएको माहासंघले जनाएको छ ।