जिल्ला प्रशासनको आदेशपछि सदरमुकाम लगाएत स्थानीय तह सुनसान
जेठ ६, चौतारा (सिन्धुपाल्चोक) । कोभिड–१९ को नयाँ भेरिएन्ट समुदायस्तरमा फैलन थालेपछि जिल्ला सदमुकाम लगाएत स्थानीय तहहरु सिल गरिएको छ । टोल टोलमै कोरोना फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ५ गते साँझ देखि १४ गते राती १२ बजे सम्मका लागि चार किला भित्रको क्षेत्रमा सिल गर्न आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलद्वारा जारी गरिएको आदेशमा भनिएको छ ‘जिल्लाको चौतारा सााँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिको मिति २०७८ जेठ ५ गते बसेको बैठकले साविक साँगाचोकगढी नगरपालिका वडा नम्बर १०, ११ र १२ को देहायको क्षेत्रलाई सिल गर्न अनुरोध भई आएको हुँ दा रोगको रोकथाम नियन्त्रण र थप फैलिन नदिनको लागि तथा कन्ट्रयाक ट्रेसिङको दायारालाई फरकिलो बनाई जनतालाई सुरक्षित राख्न सिल गएिको स्थानबाट बाहिर नजान र बाहिरको कोही पनि सिल गरिएको स्थानमा प्रवेश नगर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) ले दिएको अधिकार प्रयोग गरी सिल गर्ने आदेश जारी गरिएको छ ।’ उक्त आदेशको वर्खिलाप भए कानुन बमोजिम कारबाही गर्ने समेत जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।
सिल गरिएका क्षेत्रहरुमा पूर्व कदमबास भैंसे, पश्चिम ईन्द्रावती नदि, उत्तर ठूलोसिरुवारी, डडुवा जलकिनी, कोटडाँडा जानेबाटो र दक्षिण बन्देउ क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आदेश पछि सदमुकाम लगाएत स्थानहरु बिहिबार बिहानै देखी सुनसान देखिएका छन् ।
यसैबीच जिल्लाका अन्य स्थानीय तहका केही वडाहरु समेत सिल गरिएको छ । जिल्लाको मेलम्ची नगपालिकाको वडा नं. ११, पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ३ र ४ तथा बलेफी गाउँपालिकाका वडा नं. ६ आजबाट सिल गरिएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगपालिकामा अस्वभाविक तरिकाले कोरोना संक्रमितको संख्या वढ्दै गएपछि मेलम्ची बजार लगायत आसपासका क्षेत्रलाई शिल गरिएको छ । विश्वभरी संक्रमण फैलिई महामारीको रुपमा विकसित भएको कोरोना भाईरसको दोश्रो लहरबाट मेलम्ची नगरपालिका वडा नं ११ निवासी ७६ बर्षिय एक पुरुषको यहि जेठ ३ गते निधन भएकाले नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरु सिल गरिएको नगरपालिकाका उपप्रमुख भगवति नेपाल द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यहि जेठ ८ गते राती १२ः०० बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । मेलम्ची नगरपालिकाको मेलम्ची ११ डुडेखोला देखी सोही वडाको फट्टेपुलसम्म , मेलम्ची ११ टार शेराफाँट बाटो क्षेत्रभित्र, मेलम्ची ११ दोभानटार बगैचा क्षेत्रभित्र, मेलम्ची ११ विसौना क्षेत्रभित्र र मेलम्ची बजार देखी मेलम्ची १० को सुकौरा खोल्सा क्षेत्रभित्र शिल गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै नगरपालिकाले बन्दको अवज्ञा गर्दै जथाभावि नहिड्न समेत आग्रह गरेको छ ।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका ३ र ४ सिल गरिएको छ । ३ नम्बर वडाको २० जनामा कोरोना परिक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएपछि वडा नै सिल गरिएको वडाध्यक्ष ङिमा छिरिङ तामाङले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्। यस्तै वडा नम्बर ४ मा पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न बाँकी तथा मानिसहरु जथाभावी हिँडडुल गर्न थालेकोले वडा नै सिल गर्नु परेको वडाध्यक्ष राम बहादुर तामाङले जानकारी दिए । गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण भएका अन्य व्यक्तिहरू पनि बिरामी भएकाले एक साताको लागि वडा सिल गरिएको दुवै वडाको वडाध्यक्षहरुले बताएका छन् ।
उता कोरोना संक्रमण समुदायमा बढ्दै गएपछि बलेफी गाउँपालिकाको ६ नम्बर वडा पनि सिल गरिएको छ । एकै वडाका २५ जनामा संक्रमण पुष्टि भएपछी आज बसेको बलेफी गाउँपालिकाको आकस्मिक बैठकले ६ नम्बर वडा शिल गर्ने निर्णय गरेको हो । ६ नम्बर वडाको पूर्व तर्फ साधिखोला, पश्चिमतर्फ देउरााली डाँँडा, उत्तर तर्फ पोखरीडाँडा र दक्षिण तर्फ अँँधेरी बजारसम्म शिल गरिएको बलेफी गाउँपालिकाका प्रमुुुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । संक्रमित ब्यक्तिहरु सुरक्षित साथ होम आईसोलेसनमा बस्न र अन्य वडाबासीलाई अनाावश्यक हिंडडुल नगर्न एवम स्वास्थ सूरक्षा मापदण्ड पालना गर्न गाउँपालिकाले आग्रह गरेको छ ।