चौतारा साँगाचोकगढीमा एकै दिन १ सय ४६ मा संक्रमित

जेठ ५, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको चौतारा साँगाचोकढी नगरपालिकामा एकैदिन १ सय ४६ मा कोरोना पोजेटिभ देखिएको छ ।
पाँचदिन ढिला गरी मंगलबार आएको रिपोर्टमा उक्त संख्यामा पोजेटिभ देखिएको हो । शुक्रबार २ सय ८८ जनाको परिक्षण गरिएकोमा १ सय ४६ जनामा पोजेटिभ देखिएको नगर स्वास्थ्य प्रमुख शिव पुरीले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको वडा नम्बर १० अन्र्तगत सुकुटेमा १ सय ३१ जनामा ३० जना पोजेटिभ, ११ नम्बर वडा पानीचौरमा गरिएको परिक्षणमा १ सय ३२ जनामा ९४ जना पोजेटिभ देखिएको छ । त्यस्तै सदरमुकाम चौतारामा २५ जनामा परिक्षण गरिएकोमा २३ जनामा पोजेटिभ देखिएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपालचोकले दिएको पछिल्लो जानकारी अनुसार जिल्लामा मंगलबार थप ३८ संक्रमण देखिएका छन् । जसमध्य बलेफी गाउँपालिकामा महिला ८ पूरुष १७ गरी २५, ईन्द्रावतीमा महिला ५ पूरुष ५ गरी १०, त्रिपुरामा महिला २ र चौतारा साँगाचोकगढीमा पूरुष १ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाँईले सिन्धुज्वालालाई जानकारी दिए । संक्रमति हुनेहरुमा १९ देखी ४० वर्ष समुहका युवाहरुमा बढी देखिन थालेको जनस्वास्थ्य अधिकृत चापाँगाईको भनाई छ ।
उनका अनुसार मंगलबार सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या महिला ३ सय १० र पूरुष ४ सय २ गरी ७ सय १२ रहेका छन् । जिल्लामा जम्मा १६ सय ४८ संक्रमितको रहेकोमा ९ सय ५० निको भएर घर फर्किएका छन् । त्यस्तै कोरोनाका कारण जिल्लामा हालसम्म २६ जनाको मृत्यु भएको चाँपागाईले जानकारी दिए ।