
पूर्व सञ्चारकर्मी श्रेष्ठद्वारा सिन्धुबासीलाई गाडी सहयोग

जेठ ४, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकका पूर्व सञ्चारकर्मी कमल प्रसाद श्रेष्ठले सिन्धुवासी कोभिड–१९ का संक्रमीतहरुका लागी गाडी सहयोग गरेका छन् । पत्रकार महासंघ सिन्धुपाल्चोकले स्थापना गरेको कोभीड–१९ राहत कोषले जिल्ला कोभिड संकट व्यवस्थापन समिति( डिसिएमसी) संग समन्वयमा सञ्चालन गर्ने गरी उनले प्रयोग गर्दै आएको बा ३ च ६७७ नम्बरको ल्याण्डक्रुरज गाडी सहयोग गरका छन् । जलविद्युत व्यवसायी श्रेष्ठले पत्रकार माहासंघका उपाध्यक्ष दीनेश थापालाई सोमबार उक्त गाडी हस्तान्तरन गरेका हुन् ।
पत्रकार महासंघ जिल्ला शाखाको अधिनमा रहने गरी जिल्लाका सबै कोभिड संक्रमितहरुलाई आवश्यकताका आधारमा प्रयोग गर्न सकिने सिन्धुज्वाला साप्ताहिकका पूर्व व्यवस्थापक समेत रहेका श्रेष्ठले बताए । ‘जिल्लामा सवारी साधन अभावमा कोभीड–१९ बाट समस्यामा पर्नेलाई नेपाल पत्रकार महासंघ समन्वय गरी निशुल्क प्रयोग गर्न सक्नु हुनेछ’, व्यवसायी श्रेष्ठले भने ।
श्रेष्ठले सिन्धुज्वाला साप्ताहिकमा लामो समय व्यवस्थापकीय भूमिका निर्वाहा गरेका थिए । उनी अहिले जलविद्युत क्षेत्रका साथै व्यापार व्यावसायमा छन् । चौतारा सागाचोकगढी नगरपालिका कुभिण्डे निवासी श्रेष्ठ नेकपा (माओवादी) केन्द्रका जिल्ला नेता समेत हुन् । व्यावसायी श्रेष्ठले निशुल्क प्रदान गरिएको गाडीले जिल्लामा क्रियासिल पत्रकार लगाएत सर्वसाधारण जनतालाई समेत सहयोग पुग्ने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले बताए ।