हजारौंको संख्यामा तातोपानी नाका हुँदै अक्सिजनका सिलिन्डर भित्रिदै
जेठ २, तातोपानी (सिन्धुपाल्चोक) । नेपालको उत्तरी नाका तातोपानी हुँदै चीनबाट हजारौंको संख्यामा अक्सिजन सहितका सिलिन्डर नेपाल भित्रिने भएको छ ।
नेपालमा कोरोनाको दोस्रो लहर फैलिएर अक्सिजन बिनाले दैनिक सयौंको ज्यान गईरहेको अवस्थामा छिमेकी मुलक चीनबाट ठूलो मात्रमा अक्सिजन सहितको सिलिन्डर नेपाल भित्रन लागेको हो । तर चिनिया अनुदान मानिएको अक्सिजन सहितको सिलिन्डर सामाग्री भने व्यापारीहरुले ल्याएका हुन् ।
सोमबार देखि नेपाल प्रवेश गर्ने भनिएको उक्त मात्राका सिलिन्डर लार्चा स्थित सुख्खा बन्दरगाहमा आईपुग्ने आफुले जानकारी पाएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले सिन्धुज्वालालाई जानकारी दिए । ‘भोलीबाट अक्सिजन सहितका सिलिन्डर आईपुग्ने मैले जानकारी पाएको छु’, प्रमुख भन्सार अधिकृत गौतमले भने ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनको लागि व्यवसायीहरुले प्राईभेट १८ हजार सिलिण्डर चीनबाट ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार पहिलो लड सोमबार देखि १० हजार थान बोडर पास हुनेछ । त्यसपछि पनि निरन्तर आउने शेर्पाको भनाई छ ।
सम्मरण रहोस व्यापारिहरुले ल्याएको सिलिन्डरलाई सरकारले भने चीनले अनुदानमा दिएको सिलिण्डर सरकारले छिट्टै ल्याएको भनी सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुले प्रचार गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पाखेरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले फेसबुकमार्फत चीन सरकारले अनुदानमा दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुगेको भन्दै प्रचार गरेका थिए । पाण्डेको स्टाटसलाई लिएर धेरै सञ्चारमाध्यमले समाचार समेत बनाएका थिए ।