प्रम ओलीको उदण्डको पराकाष्ट, सपथ खुवाउँदा बाक्य नै परिवर्तन

बैशाख २९, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली सपथ खानेक्रममा उदण्डता प्रस्तुत गरेका छन् । उनले सपथ लिंदाको एउटा सन्दर्भले यतिबेला निकै चर्चा र ओलोचना निम्त्याएको छ ।
अरु दलबाट प्रधानमन्त्री बन्न कुनै दावी नआएपछि फेरी पनि प्रधानमन्त्री बनेका ओलीले सपथ पत्रको शब्द उच्चारण नगरेको प्रसंग आज निकै चर्चामा रह्यो ।

ठूलो दलको हैसियतले प्रधानमन्त्री भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा ‘सत्य निष्टापूर्वक प्रतिज्ञा गर्दछु ’ भन्दा प्रम ओलीले सत्यनिष्टापूर्वक मात्रै भनेका थिए । राष्ट्रपति भण्डारीले पुन ः ‘प्रतिज्ञा गर्दछु’ भन्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेर टारे । शब्दको उच्चारण नै नगर्दा राष्ट्रपति भण्डारी हाँसेकी थिईन ।
यो घटनालाई पूर्व मुख्य सचिव बिमल कोईरालाले घटना निकै गम्भिर रुपमा रहेको प्रतिक्रिया दिए । ‘यो एकदम अस्वभाविक हो, हाम्रो कानुन परम्परा र मुलकको शासन व्यवस्था माथिको घातक प्रहार भएको छ’, पूर्व सचिव कोईरालाले भने, ‘सत्य निष्टासंग प्रतिज्ञा गर्दैन भने त्यो शासक कस्तो हुन्छ ?’
राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउँदा पनि प्रधानमन्त्रीले अनिच्छा देखाएको शब्द उच्चारण गरेकी थिईन ।
उपप्रधानमन्त्री देखी सबै मन्त्रीहरुले प्रतिज्ञा गर्छु भन्ने शब्दलाई उच्चारण गरेका थिए । त्यसपछि प्रम ओलीले राज्यमन्त्रीलाई सपथ खुवाउँदा समेत उक्त शब्द उच्चारण गर्न वाध्य बनाए । कतै प्रम ओलीले सपथपत्रको शब्दमा मितव्यी बनाउन आँफैले बनाउन खोजेका हुन की ? उनका प्रस्तुती समेत अस्वभाविक मानेका प्रशासन विध बिमल कोईराला भने, ‘त्यो भनेत पहिल्यै प्रस्ट्याउनु पर्यो नी ? पहिले परिवर्तन गर्नुपर्छ भनेर ।’ सपथको फरम्याट चाँही त्यहि राख्ने अनी आफुलाई जे शब्द मनपर्छ त्यहि उच्चारण गर्ने नैतिकताले नदिने उनको तर्क ।
मिलिजुली सरकार बनाउन विपक्षी दलहरु विफल भएपछि बिहिबार राति ओली नै प्रधानमन्त्री नियक्त गरिएका थिए । उनले अबको एकमहिना भित्र विश्वासको मत लिनुपर्ने छ । मलिजुली सरकार बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राती ९ बजेको समय सिमा दिएकी थिईन ।
खासरी २०६३ सालको पविर्तन पछि सपथको भाषा र शब्दमा बेलाबखत हेरफेर गरेको बताईन्छ ।
स्मरण रहोस सपथमा ईश्वरको ठाउँमा जनता भन्ने शब्दले उच्चारण गर्ने गरिएको छ । जनताको नाममा सफथ लिन्छु भन्ने उच्चारण गरेको पाईन्छ ।