पत्रकार राहत कोषमा सहयोगी हातहरु बढ्दै, दुईदिनमै झण्डै दुईलाखको प्रतिवद्वता

२९ बैशाख, चौतारा । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले कोभिड १९ को मारमा परेका पत्रकारलाई लक्षीत गरी पत्रकार राहत कोष स्थापना गरेको छ । कोभिड १९ संक्रमणमा परेका शाखाका सदस्यलाई सहयता गर्ने उद्देश्यले गरिएको कोष स्थापनामा ताँतीनै लागेको छ । हालसम्म जिल्ला र देशविदेशका गरी बिहिबार सम्म डेडदर्जन सहयोगीहरुको प्रतिवद्वता आईसकेको पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले बताए । उनका अनुसार बिहिबार सम्म पत्रकार राहत कोषमा एकलाख खातामा जम्मा भईसकको छ भने एक लाखको प्रतिवद्वता आएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार उक्त कोष नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ । जिल्ला शाखाका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरु कोभिड १९ को संक्रमणमा परेमा सो कोषबाट आर्थिक सहायता प्रदान गरिनेछ । ‘कोषमा हालसम्म एक लाख रुपैंया संकलन भइसकेको छ, एकलाख जति प्रतिवद्वता आईसकेको छ’, अध्यक्ष श्रेष्ठले भने । कोषमा आर्थीक सहयोग गर्नेहरुको प्रतिवद्वता निरन्तर आईरहेको उनले बताए ।
कोषमा प्राप्त रकमको आधारमा कार्यविधि बनाएर पीडित पत्रकारहरुलाई आर्थिक सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको मेगा बैंक लिमिटेड, चौतारा शाखाको खाता नं. ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सक्ने महासंघले जनाएको छ । सिन्धुपाल्चोकमा कोभिड १९ को दोस्रो लहरमा एक जना पत्रकारलाई कोभिड संक्रमण भइसकेको छ ।