
भाेटेकाेशी गाउँपालिकामा अक्सिजन र चिकित्सक सहितकाे अाईसाेलेसन

बैशाख २८, ताताेपानी (सिन्धुपाल्चोक ) । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले सुबिधा सम्पन्न आईसोलेसन सेन्टर सञ्चालन गरेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै गाउँपालिका क्षेत्रमा तीन वटा आइसोलेसन स्थापना गरेको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाकै लगानी र याेजनामा तीनठाउँमा गरि २३ बेडको अक्सिजन, डाक्टर र एम्बुलेन्स सहितको सुबिधा रहेको आइसोलेसन तयार गरिएकाे गाउँपालिका अध्यक्ष राजकुमार पाैडेलले सिन्धुज्वालालाई बताए । उनका अनुसार गाउँपालिकाको वडा नं ३ मा ५ वेड, वडा नं ४ को फुल्पिङकट्टीमा १० बेड र वडा नं ५ को चाकुमा ८ बेड सहितको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । मंगलबार सम्म तीनजना संक्रमित देखिएकाेमा सबैकाे अवस्था सामन्य रहेकाेले अाईसाेलेसनमा नराखिएकाे उनले बताए । गाउँपालिकामा संक्रमण बढ्ने खतरा देखिएकाे भन्दै उक्त सुविधा सम्पन्न अाईसाेलेसन निमार्ण गरिएकाे उनकाे ठहर छ । अझै अावश्यक परे आवश्यकताकाे अाधारमा थप आइसोलेसन स्थापना गरिने उनले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताईन । उनका अनुसार तीनै वटा आइसोलन कक्षमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । औषधिसँगै अक्सिजन र डाक्टरसमेत तयारी अवस्थामा छन् । संगै जाेडिएकाे बाह्रबिसे नगरपािलकाले समेत अक्सिजन सहितकाे अाईसाेलेसन वार्ड निमार्ण गरेकाे छ भने जिल्लाका अन्य पालिकाले समेत धमाधम निर्माण गरिरहेका छन् ।