एमाले नेता पशुपति चाैलागाईकाे काेराेनाका कारण मृत्यु
२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चाैलागाइको निधन भएको छ । उनकाे केहीबेरअघि उपचारका क्रममा निधन भएको पारिवारिक श्राेतले बताएकाे छ ।
कोरोना संक्रमण भएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार गराइरहेका चाैलाईको निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा धर्मदत्त सुवेदीले पुष्टि गरेका छन ।चाैलागाइको फोक्सो खराब रहेको कारण बचाउन नसिकएकाे अस्पताल स्राेतले बताएकाे छ ।
चाैलागाइ २०५६ सालमा दोलाखाबाट प्रतिनिधिभासमा निर्वाचित भएका थिए भने २०७४ सालमा दोलाखाबाटै बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।
चाैलागाईलाई गत मंगलवार कोरोना संक्रमण पुष्टि भएपछि उनकाे एक सात अघि सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण भएको र घरमै आराम गरिरहेको जानकारी गराएका थिए ।