विश्वासको मत मागेका ओली अल्पमतमा, विपक्षमा १ सय २४, फेरी खतरा खेल

बैशाख २७, काठमाडौं । सोमबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीको अल्पमतमा परेका छन् । उनको पक्षमा जम्मा ९३ मत परेको थियो । भने विपक्षमा १ सय २४ मत खसेको थियो । संसदको बहुमत सदस्यको समर्थन अर्थात् १३६ मत पाउन नसकेका कारण प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त भएका छन् ।
यसैबीच सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।
मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन् ।
यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।

आफु विश्वासको मत माग्दा अल्प मतमा परेर पदमुक्त भएसंगै ओलीले पुनः संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्न सक्ने आंशका गरिएको छ । आलीको हठात मानसिकता तथा राष्ट्रपति विद्यादेवी भण्डारीको यस अघि गरिएको अपरिपक्काता निर्णयलाई धेरैले अथ्र्याएका छन् ।