ह्याम्स अस्पतालले सिन्धुका नागरिकको निःशुल्क कोरोना परिक्षण गर्ने
बैशाख २६,
काठमाडौं । काठमाडौमा रहेको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकका नागरिकको निःशुल्क कोरोना परिक्षण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले गरको आज गरेको निर्णय अनुसार अस्पतालले सिन्धुपाल्चोकमा संकलन भएका नमुनाको निः शुल्क परिक्षण गर्ने भएको हो ।
यसअघि सिन्धुबासिको स्वाबको नमुना प्रदेशले तोकेको धुलिखेल अस्पतालमा परिक्षण भईरहेको थियो । धुलिखेलमा परिक्षण गर्दा धेरै समय लाग्ने र सरकारी मापदण्ड अनुसारको मात्रै परिक्षण हुँदा कम संख्यामा मात्रै नमुना परिक्षण हुँदै आएको थियो । तर फराकिलो दायरामा रहेर नमुना परिक्षण गर्न पर्ने भएकोले ह्याम्स अस्पतालमा नमुना परिक्षण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य वरिष्ट अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार ह्याम्स अस्पतालले सहजीकरण गरेसंगै जिल्लामा कन्ट्याक्ट् ट्रेसिङमा परेका तथा जोखिममा रहेका व्यक्तिहरुको स्वाब नमुना संकलन तथा परिक्षण गर्न सहज हुनेछ । नमुना संकलन गर्नको लागि स्वास्थ्यकर्मी समेत अस्पतालबाट नै सिन्धुपाल्चोक आउनेछन् ।