कोरोना हट स्पोर्ट बन्दै सिन्धुपाल्चोक, आईतबार देखी जिल्लामा पूर्ण निषेधाज्ञा

दिनेश दुलाल
बैशाख २६, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्ला पछिल्लो पटक कोरोना माहामारीको उच्च जोखिम क्षेत्र अर्थात हट स्पोर्ट बनेको छ ।
जिल्लामा नयाँ भेरिएण्टको कोरोना भाईरसबाट संक्रमितको संख्या ३ सय भन्दा ज्यादै नाघेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आईतबार देखि ३१ गते सम्मका लागि जिल्लालाई पूर्ण निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुपाल्चोकका सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले आज आईतबार साँझदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन् ।
सायक प्रजिअ खानलले जारी गरेको निषेधाज्ञा पत्रमा भनिएको छ, ‘विश्वभर फैलदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ माहामारी नेपालमा समेत फैलिएकोमा सिन्धुपाल्चोक जिल्लाका केही स्थानमा समेत संक्रमण दर तिव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गरी मिति २०७८÷१÷२२ गते राती १२ बजे देखि मिती २०७८÷०१÷३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा जिल्ला भित्र कोभिड–१९ का विरामीहरु सबै स्थानीय तहमा तिब्र रुपमा वृद्वि हुँदै आईरहेको र हाल ३ सय भन्दा बढी सक्रिय संक्रमित रहेको कारण संक्रमण समुदाय स्तरमा थप फैलन नदिनको लागि मिति २०७८÷०१÷२२ मा जारी निषेधाज्ञाको शर्तहरु पूर्ण रुपमा पालना गर्ने गरी बाँकी जिल्लाका अन्य सबै स्थानहरुमा समेत मिति २०७८÷०१÷२६ गते बेलुका ६ बजे देखि २०७८÷०१÷३१ गते राती १२ बजे सम्म कायम रहनेगरी निषेधाज्ञा जारी गरिएको छ । यो आदेशको पालना गर्नु गराउन सबै व्यक्ति, संघसंस्था, पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ । यो आदेशको उलंघन गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।’
यसैबीच जिल्लामा आईतबार सम्म संक्रमितको संख्या ९ सय २५ पुगको छ । यो गत सालको समेत हो । गत साल सहित १७ जनाको ज्यान गएको सिन्धुपाल्चोकमा पछिल्लो समय तीन जनाको ज्यान गईसकेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार हाल ५६ जना उपचारमा रहेका छन् भने ८ सय ५२ जनाले कोरोना जितेका छन् ।
यो पनि पढ्नुहोस

ह्याम्स अस्पतालले सिन्धुका नागरिकको निःशुल्क कोरोना परिक्षण गर्ने

कुविण्डे र कदमबासपछि कोरोनाको ‘रेड जोन’मा ठूलोसिरुवारी