लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन

वैशाख २३, चौतारा । नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
दुई साता देखि उपचाररत प्रधानको अस्पतालमै निधन भएको हो । उनलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको पारिवारिक श्रोतको भनाई छ ।

सिन्धुपाल्चोकको चौतारामा १९९४ सालमा जन्मिएका प्रेमध्वजका ’घुम्तीमा नआउ है’, ’पर लैजाउ फुलहरु’, ’नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।
विभिन्न स्रष्टाहरुले सामाजिक सञ्जालमा उनको निधनबारे लेखेका छन् । साथै विभिन्न राजनैतिक दलका नेताहरु तथा सामाजिक संघ संस्थाका व्यक्तिहरुले समेत स्व.प्रधानको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् । सिन्धुपुत्र स्व.गायक प्रधानको निधनले सिन्धुपाल्चोकलाई मात्र नभई देशलाई नै अपुरणीय क्षति पुगको जानकारहरु बताउँछन् ।