जोखिम मोलेरै माओवादी केन्द्रका नेताहरु हट स्पोर्टमा

बैशाख २२, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको स्थिती दिनानुदिन प्रतिकुल बन्दै छ । यतिबेला जिल्लाको कुविण्डे, कदमबास लगाएतका गाउँ गाउँमा एक खालको त्रास छ । आफ्नै परिवारको सदस्य, आफन्त गुमाउनु परेको पिडा चानचुने छैन् । संक्रमितले आइसुलेसनबाट नै आफन्तको काजकिरिया गर्नु पर्ने अवस्था छ । धार्मिक उत्सब मनाउदै गर्दा त्यही परिवारको सदस्यहरु आफ्नै सन्तानको दाहसंस्कारमा दौडिनु पर्ने स्थिती बनेको छ । पछिल्लो पटक परिक्षण गर्दा गाउँ नै पोजेटिभ आउनेक्रम जारी छ । कोरोना पोजेटिभ भएकाहरु भन्दा संक्रमितलाई हेरचाह गर्ने आफन्तजनमा पिडा र चिन्ता चानचुने छैन् ।

पछिल्लोपटक कुविण्डे त कोरोनाको हटस्पोर्ट नै बनेको छ । तर यस्तो अवस्थामा भने माओवादी केन्द्र सिन्धुपाल्चोकका नेताहरु भने स्वास्थ सामाग्री सहित संक्रमितहरुलाई उत्साह भरिदिन गाउँमा पुगेका छन् । आज मात्रै केन्द्रका नेताहरु कुविण्डे छिरेका हुन् । आफुहरुलाई माओवादी केन्द्रका नेताहरुले घरघरमै आएर मनोबल उच्च बनाउन उत्साह भरिदिएको कोभिड संक्रमित देखिएर होम आईसोलेसनमा बसेका प्रकाश नेपालले बताए । उनका अनुसार भेटघाट क्रममा मावादी केन्द्रका जिल्ला ईन्चार्ज कृष्ण प्रसाद सापकोटा, पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधाब सापकोटा, मेयर अमानसिं तामाङ लगाएत नेताहरु पुगेका थिए । उनहिरु घर घरमा पुगेर मनोबल उच्च बनाउन र चिन्ता नलिन आफुहरुलाई ढाडस दिएको एक संक्रमितले बताए । जनप्रतिनिधि तथा नेताहरुले प्रभावित कुविण्डेको स्थितिको स्थलगत अध्ययन, भेटघाट र सुरक्षात्मक परामर्श र सामग्री प्रदान गरिएको जिल्ला नेता चन्द्र सापकोटाले बताए ।