कोरोनाबाट सिन्धुपाल्चोकका प्रमुख अड्डाहरु प्रभावित, एकसातामा ३८ संक्रमित

बैशाख १६, चौतारा (सिन्धुपाल्चोक) । कोभिड–१९ को दोस्रो लहर फैलिएसंगै सिन्धुपाल्चोकका प्रमुख सरकारी अड्डाहरु प्रभावित बनेका छन् ।
संक्रमितहरुको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगाएतका सरकारी अड्डाहरु बन्द भएपछि सेवाग्राहीका काम कारबाहीहरु प्रभावित बनेका हुन् ।
प्रमुख जिल्ला अधिकारीमै कोरोना संक्रमण देखिएपछि १५ गतेदेखि जिल्ला प्रशासन कार्यालय बन्द छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगाएत त्याहाँका ७ जनालाई कोरोना पोजेटिभ देखिएपछि नगरपालिका बन्द गरिएको छ । पछिल्लो एकसातामा जिल्लामा नयाँ भाईरस कोभिड–१९ बाट ३८ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार सदरमुकाम चौतारामा २० र हेलम्बु गाउँपालिकामा १८ मा संक्रमण देखिएको हो । संक्रमित सबैको अवस्था सामन्य रहेको जनस्वास्थ्य अधिकृत चापागाईले बताए ।
उनका अनुसार १५ गते बसेको जिल्ला कोभिड रोकथाम तथा व्यवस्थापन समिति (डिसिसिएमसि) को वैठकले संक्रमितहरुको उपचारको व्यवस्था गर्न तत्काल जिल्ला समन्वयको पुरानो टहरोलाई कम्तिमा ५० वेडको आईसोलेसन वार्ड बनाउने निर्णय गरेको छ । अस्पतालले समेत आपतकालिन चार वेडको आईसोलेसन वार्ड निर्माण गरिसकिएको उनले जानकारी दिए । थप संक्रमित बढ्न नदिन सचेतना अभियान चलाउँदै स्वास्थ्यका मापदण्ड र शर्तहरु सबै पक्षबाट कडाईकापूर्वक पालना नगरे थप भयावह अवस्था आउन सक्ने उनले तर्क छ । सबै नागरिकलाई सचेत र सावधानीपूर्वक अत्यवश्यक काम बाहेक घरमै बस्न आग्रह समेत गरे ।
यो पनि पढ्नुहोस

हेलम्बु गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा