विश्व औंलो दिवसको सन्दर्भमा, पत्रकारहरुसंग अन्र्तक्रिया

दिनेश दुलाल
बैशाख १२, चौतारा (सिन्धुपाल्चोक) । विश्व औंलो दिवसको सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज जिल्लामा उपलब्ध सञ्चारकर्मीहरु बीच औंलो सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भएको हो ।
लामखुट्टेको टोकाईबाट सर्ने अत्यन्त जोखिमयूक्त रोग औंलो विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईएको छ । हामी शून्य औंलोको लक्षमा पुग्दै छौं एकवर्ष बाँकी छ ।
सन २०२५ सम्ममा नेपाललाई तथा २०२२ सम्ममा स्थानीय तहलाई औंलो मुक्त बनाउने तथा शून्यमा पु¥याउने लक्ष अनुसार अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई बताए ।
अन्र्तक्रिया कार्याक्रममा प्रस्तुतीको क्रममा जनस्वास्थ्य अधिकृत चापागाँईले लामखुट्टेको नियन्त्रणको लागि एकिकृत व्यवस्थापन गर्न सके मलेरिया, डैंगो र जापनिज ईन्सिीफ्लाईटिस लगाएत रोगहरुकको नियन्त्रण हुने बताए ।
मलेरिया आरडिटी किटबाट पनि हेर्न सकिने तर्क राख्दै चापागाँईले यसअघि जिल्लामा औंलो जाँच्ने ल्याव नभएपनि अब केही समयैमा पूर्णता दिने उनले बताए । जसअनुसार औंलो परिक्षणमा लागि १२ वटा पालिकाामा यस पटक ल्याव बन्ने उनले बताए ।
उनका अनुसार जिल्लाको ईन्द्रावती, सुनकोशी र मेलम्चीको तल्लो भागमा औंलो हुने सम्भावना देखिएको छ ।
सन १९७१÷१९७२ देखी वि.स २०७२ सम्म औंलो निरन्तर घट्दै गएपनि अझै शून्य हुन बाँकी रहेको उनले बताए ।
उनका अनुसार बागमति प्रदेशमा २२ जनामा औंलो विरामी रहेकोमा १९ जना अन्यन्त्रबाट र ३ जना स्थानीय रहेका छन् ।
जसमध्य औंलोका बिरामीहरुमा सबैभन्दा काठमाडौं रहेका छन् । सिन्धुपाल्चोकमा ३ वर्षको तथ्याङ्क शून्य रहेकाले अहिलेसम्म उक्त जिल्ला सुरक्षित देखिएको उनले बताए ।
स्मरण रहोस सिन्धुपाल्चोकमा अहिले सम्म ३ जनालाई मात्र परिक्षण गरिएको छ ।
औंलोलाई अंग्रेजीमा मलेरीया भनिने गरिएको यो रोगका कारण गएका वर्ष दशकमा लाखौंको ज्यान लिईसकेको छ । जनस्वास्थ्य अधिकृत चापागाँईका अनुसार एनोफेलिस लामखुट्टेको टोकाईबाट औंलोको संक्रमण मान्छेमा सर्नेगर्दछ । सन् २०१५ को अध्यन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरीयाको संक्रमण रहेको पुष्टी गरेको छ ।
समयमै उपचार पाएमा मलेरिया निको हुन सक्ने भएपनि विपन्न नागरीकहरूमा यसबारे देखिएको चेतनास्तरको कमी, स्वास्थोपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले शून्य हुन नसकेको उनले बताए ।
उनका अनुसार मलेरीया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् । यसका लक्षणहरुमा रक्तअल्पता, श्वाँस(प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । बालवालिका, गर्भवती आमाहरु, एचआईभी संक्रमितहरु तथा जमेको पानी वरपर बस्ने समूदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरु यस रोगको उच्च जोखिममा रहने उनको भनाई छ ।
मलेरियाको रोकथामकालागि आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण हुने उनको तर्क छ । घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशकररसायन छर्केर पनि न्यूनीकरण गर्न सकिने चापागाँईको ठहर छ ।
आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाईन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ(सस्था अनि कर्मचरीहरुले विभिन्न कार्यक्रम मार्फत् तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरेका छन् ।