नापतौल साधन दर्ता र नविकरण तिब्र
निर्मल बस्नेत
चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा नापतौल विभागले सिन्धुपाल्चोक जिल्लामा चैत्र २२ गतेदेखी सुरु गरेको नापतौलकोे ढककाँटा,मिटर रिडर नविकरण तिब्र बनाएको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वाट सुरु गरिएको घुम्ती सेवा बाह्रविसे, खाडीचौर,बलेफी,सुकुटे, दोललघाट हुँदै मेलम्चीसम्म रहने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्लाको व्यवसायीहरुलाई नापतौल विभाग बालाजु, काठकाण्डौसम्म धाउन नपरोस् र जिल्लाबाटै सेवा लिन सकुन् भन्ने हेतुले आफूले नापतौल विभागसंग समन्वय गरि जिल्लाको स्थानीय वजारहरुमा सेवा प्रदान गरिएको बताए । उनले भने आईतवारवाट शुक्रवारसम्मको लागि नापतौल विभागले अनिता घिमिरकोनेतृत्वमा ४ जना कर्मचारी खटाएको छ । जसको लागि चौतारामा निर्मल बस्तेत,बाह्रबिसेमा ईश्वरीप्रसाद चालिसे र मेलम्चीको लागि जगन्नाथ चालिसेलाई जिम्मा दिईएको छ । यस घुम्ती सेवामा निरन्तर रुपमा उद्योग वाणिज्य संघले समन्वय गदैै आईरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यकारी अधिकृत इश्वरीप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार नयाँ दर्ताको लागि ढक काँटा खरिद गरेको ३५ दिनभित्रको विल र नविकरणको लागि गतवर्षको भुक्तानी विल, ढक काँटा लिएर तोकीएको स्थानमा उपस्थीत हुनको लागि खवर गरिएको छ ।